पोडकास्टको यो अङ्कमा हामी मिस नेपाल २०२५की विजेता लुना लुइँटेलसँग केही समय अघि रेकर्ड गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। सत्र वर्षको उमेरमा अस्ट्रेलिया आएकी र हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थ पढ्दै गरेकी २६ वर्षीय लुइँटेलले मिस नेपालको ताज पहिरेसँगै अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। विदेशमा रहेका नेपालीलाई “लर्न, अर्न एन्ड रिटर्न” भन्ने सन्देश दिन रुचि रहेको बताउने लुइँटेलसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





