सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो सातौँ भागमा चाहिँ उनले सिड्नीमा आयोजना भएको पहिलो नेपाल महोत्सवलाई सम्झेकी छिन्। करिब ५ हजार मानिसहरू उपस्थित भएको भनिएको उक्त कार्यक्रमका अनुभव बारे इन्द्रा बनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





