भिक्टोरिया सरकारले उत्तरी मेलबर्न स्थित् एपिङ-वलर्टको स्थानीय बस सेवा नेटवर्क सुधार गर्न समुदायको सुझाव सङ्कलन गरिरहेको छ। प्रस्तावित परिवर्तनबाट स्थानीय रूपमा बसोबास गरिरहेका नेपालीभाषी लगायत २१ हजारभन्दा बढी मानिसहरूले पहिलो पटक बस सुविधा पाउने राज्य सरकारको भनाइ छ। आइतवार, मार्च ८ सम्म खुल्ला रहेको सुझाव सङ्कलनबाट प्राप्त सुझावपछि अन्तिम योजना तय गरी नयाँ बस नेटवर्क आगामी वर्षबाट सञ्चालनमा आउने सरकारी अपेक्षा छ। यस बारे केही स्थानीय नेपालीभाषीको धारणा समेटिएको एक रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।
Share




