Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ब्रिसबेनको एक नेपाली गहना पसलमा लुटपाट, सुरक्षाको माग गर्दै समुदाय

Police say investigations continue following an armed robbery in Lutwyche, Brisbane, Queensland.

Police say investigations continue following an armed robbery in Lutwyche, Brisbane, Queensland. Credit: Google Street View

बिहिवार, आठ मेमा उत्तरी ब्रिसबेनको लट्‌विच् स्थित एक नेपाली गहना पसलमा भएको लुटपाटको घटनालाई लिएर अनुसन्धान जारी रहेको अधिकारीहरूको भनाई छ। क्वीन्सल्यान्ड प्रहरीका एक प्रवक्ताका अनुसार उनीहरूको प्रारम्भिक अनुसन्धानबाट हिजो दिउँसो एक बजे आसपास, केही बन्चरो र घन सहित नकाबधारी एक अज्ञात समूह उक्त पसलमा प्रवेश गरेको खुल्न आएको छ। त्यसपछि उक्त समूहले सिसाका क्याबिनेटहरू फुटाएर भारी मात्रामा गरगहना चोरी गरी, एक चोरीको गाडीमा फरार भएको पनि उनको भनाई छ। यता, पसलका सञ्चालक तेजेन्द्र घिमिरे र नजिकैका अन्य व्यवसायी तथा समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग कुराकानी गर्दै घटनाले आफूहरूलाई त्रसित बनाएको बताएका छन्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

बिहिवार, आठ मेमा उत्तरी ब्रिसबेनको लट्‌विच् स्थित एक नेपाली गहना पसलमा भएको लुटपाटको घटनालाई लिएर अनुसन्धान जारी रहेको अधिकारीहरूको भनाई छ। क्वीन्सल्यान्ड प्रहरीका एक प्रवक्ताका अनुसार उनीहरूको प्रारम्भिक अनुसन्धानबाट हिजो दिउँसो एक बजे आसपास, केही बन्चरो र घन सहित नकाबधारी एक अज्ञात समूह उक्त पसलमा प्रवेश गरेको खुल्न आएको छ। त्यसपछि उक्त समूहले सिसाका क्याबिनेटहरू फुटाएर भारी मात्रामा गरगहना चोरी गरी, एक चोरीको गाडीमा फरार भएको पनि उनको भनाई छ। यता, पसलका सञ्चालक तेजेन्द्र घिमिरे र नजिकैका अन्य व्यवसायी तथा समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग कुराकानी गर्दै घटनाले आफूहरूलाई त्रसित बनाएको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यदी कसैसँग घटना अगि वा पछिका कुनै ड्याशक्याम वा सीसीटीभी फुटेज भएमा क्वीन्सल्यान्ड प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now