गए शनिवार, २६ जुलाईमा भएको चुनावमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको अध्यक्षका रूपमा सन्तोष कुँवर निर्वाचित भएका छन्। सोसल मिडियामा संस्थाको उपस्थितिलाई विशेष ध्यान दिने बताएका उनले लगानी जुटाउने र दोस्रो पुस्ताका नेपालीहरूलाई समेट्ने आफ्नो उद्देश्य रहेको पनि खुलाए। अनि अस्ट्रेलियामा दर्ता भएको अर्को एक गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका बारेमा उनको धारणा के छ त? एसबीएस नेपालीले नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवर गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





