NRNA Australia's presidential candidates (from right) Anil Pokhrel, Deb Bahadur Gurung, and Dila Kharel(second from the left), along with vice-presidential candidates Sukirti Bhatta (far left) and Sandhya Shah (middle). Source: SBS / SBS Nepali
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको हरेक दुई वर्षको अन्तरालमा हुने निर्वाचन अब छिट्टै हुँदैछ। शनिवार, जुलाई २९ मा हुने उक्त चुनावमा अध्यक्ष पदका लागि भने यसपाली पनि महिलाको उम्मेदवारी छैन। के एनआरएनए अस्ट्रेलिया ‘बोइज क्लब’ भएर बस्न खोजेको हो त? अध्यक्ष पदका दाबेदार देवबहादुर गुरुङ, डिला खरेल र अनिल पोख्रेल के भन्छन् यस बारे? अनि राष्ट्रिय उपाध्यक्ष र न्यु साउथ वेल्स संयोजक पदका उम्मेदवारहरू सुकीर्ति भट्ट र सन्ध्या शाहको चाहिँ यो लगायतका अन्य महत्त्वपूर्ण विषयमा के छ त धारणा? उनीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

कुराकानीमा समावेश भएका विषयहरू:
एनआरएनए अस्ट्रेलिया भित्र विद्यार्थी अटाउने कि नअटाउने?
गैर नाफामूलक संस्थाको नेतृत्वमा पुग्न सदस्यता किनिने गरी किन हुन्छ अनियमितता?
निर्णायक तहमा महिला उपस्थिति कम हुनुमा सक्षम व्यक्तिको कमी या अवसरको?
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।