एसबीएसले यो वर्ष आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ मा पहिलो पटक एसबीएस नेपाली सेवा सुरु भएयताका केही रोचक सामाग्रीहरू हामीले क्रमिक रूपमा प्रस्तुत गदैछौं। पोडकास्टको यो अङ्कमा विश्व साइकल यात्रामा हिँडेका माधव गुरुङसँग एसबीएस नेपालीका तत्कालिन कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको यो रमाइलो कुराकानी सुन्नुहोस्। यो कुराकानी शुक्रवार, १८ मार्च २००५ मा सिड्नीस्थित एसबीएसको स्टुडियोमा रेकर्ड गरिएको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





