१६५ वर्ष पछि आयो नयाँ मुलुकी संहिता र बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन - गत ७ दिन नेपालमा

Protesters in Kathmandu demand death sentence for rapists on 18 August 2018.

Protesters in Kathmandu demand death sentence for rapists on 18 August 2018. Source: RSS

एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै शुक्रबारदेखि नेपालमा नयाँ कानुन लागू र बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै शनिबार राजधानीमा महिला अभियन्ताहरूले कालो पेटीकोट लगाएर अर्धनग्न प्रदर्शन। यी हुन् गत ७ दिनका नेपालका प्रमुख समाचार।


अब नेपालमा मुलुकी संहिता

एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै शुक्रबारदेखि नयाँ कानुन लागू भएको छ ।

संसद्ले गत साउन २६ मा पारित गरेको मुलुकी अपराध संहिता’, ‘मुलुकी देवानी संहिता’, ‘फौजदारी कसुरमा सजायँ निर्धारण तथा कार्यान्वयन गर्ने ऐनकेही नेपाल समायोजन तथा खारेज गर्ने ऐनलागू भएका छन् ।

मुलुकी ऐनलाई फेर्ने पहल २०१० सालमा भएपनि कानुन आयोगका तत्कालीन अध्यक्ष नयनबहादुर खत्रीले अपराध संहिताको मस्यौदा दण्ड विधानबनाएका थिए ।नयाँ संविधान जारी भएपछि संसद्ले गत वर्ष जनताबीच छलफल गराई भदौ १ देखि लागू गर्ने घोषणा गरेको थियो ।

प्रहरी वा सेनाबाट हिरासतमा लिई कुटपिट गर्ने र गराउनेलाई ५ वर्ष वा ५० हजार जरिवाना वा दुवै सजाय, सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नेलाई ६ महिनासम्म कैद, कसैले गाई वा गोरु मारे तीन वर्षसम्म कैद, खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने र राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने लगायत नयाँ कानुन ल्याएको छ ।

त्यस्तै मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशन र प्रसारण गर्न नपाइने, सम्बन्ध विच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने, गर्भको शिशु पनि अंशको हकदार हुने र कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने लगायत देवानी संहिता लागु भएका छन् ।

Nepal implements a new civil code after 165 years from August 17 2018.
Nepal implements a new civil code after 165 years from August 17 2018. Source: RSS

...

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन

बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै शनिबार राजधानीमा महिला अधिकारका अभियन्ताहरूले कालो पेटीकोट लगाएर अर्धनग्न प्रदर्शन गरेका छन्।

बलात्कारीलाई फाँसी दे भन्दै प्रदर्शनकारीले नाराबाजी गर्न थालेपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियो।

संविधान संशोधनको माग गर्दै प्रदर्शनमा सहभागि आधा दर्जन प्रदर्शनकारीहरुलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ। उनीहरूले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका थिए ।

गत भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रदर्शन गर्नेलाई पनि कानूनी कारबाही हुने व्यवस्था छ।

...

बल्ल सकियो अन्डरपास

कंलकीको सवारी चाप कम गर्न निर्माण सुरु गरेको अन्डरपासको काम बल्ल सकिएको छ । पैदलयात्री प्रवेश गर्न नपाईने ४ लेन र आठ सय मिटरको अन्डरपासभित्र बाफलबाट प्रवेश गरेको सवारी खसी बजार निस्किनेछ।

चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार चीन सरकारको ५ अर्ब रुपैयाँको अनुदान सहयोगमा अन्डरपास रोड र ओभर हेड ब्रिज तयार भएको थियो।

सन् २०१७ मा पूरा हुने लक्ष्य राखेको आयोजना भूकम्प र नाकाबन्दीका कारण ढिलो संञ्चालनमा आएको थियो ।

...

Kalanki underpass ready for traffic.
Kalanki underpass ready for traffic. Source: Supplied

एशियाली खेलकुदको औपचारिक उद्घाटन

एशियाली महादेशको खेल महोत्सव शनिबारदेखि इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा सुरु भएको छ । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भएका थिए ।

नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गरेका छन्। उद्घाटन समारोहमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए।

एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन्। ४० खेलका चार सय २० विधामा प्रतिस्पर्धा हुनेछ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलसहित दुई सय ८५ जना सहभागी छन्। जसमा एक सय ८५ खेलाडी, ४८ प्रशिक्षक, २४ व्यवस्थापक, २७ अफिसियल र १ दोभाषे रहेका छन्।

नेपालले आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबल टेनिस, भलिबल, भारोत्तोलन, उसु, कुस्ती, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ र लन टेनिस लगायतमा सहभागिता जनाउँदैछ।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ।

..

टेलिकमको निर्देशक कामिनी राजभण्डारी बर्खास्त

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको जानकारी दिएका थिए । गत असोजमा नियुक्त भएकी उनलाई यसअघि व्यवस्थापकीय काम गर्न नसक्दा संस्था ओरालो लागेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

Head of Nepal Telecom Kamini Rajbhandari removed from her post by Nepal government.
Head of Nepal Telecom Kamini Rajbhandari removed from her post by Nepal government. Source: RSS

...

एसिया कप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरिएको छ।

आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन्।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन्।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now