बढ्यो नेपालीको खुशीको स्तर र रेल किन्न बजेट स्विकृत: गत ७ दिन नेपालमा

Nepal's Prime Minister KP Sharma Oli buys shares to Upper Trishuli 3.

Nepal's Prime Minister KP Sharma Oli buys shares to Upper Trishuli 3. Source: RSS

गए वर्ष १०१ औं स्थानमा रहेको नेपाल यस वर्ष १०० औं स्थानमा उक्लिदै नेपालमा खुशीको स्तर बढेको एक रिपोर्ट र जनकपुर-जयनगर-कुर्था खण्डमा चलाउका लागि दुईवटा रेल खरिद गर्न सरकारले दियो स्विकृती। गत ७ दिनका नेपालका प्रमुख समाचार।


बढ्यो नेपालीको खुशीको स्तर

नेपालीको खुशीको स्तर बढेको एउटा प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसंघका लागि एउटा संस्थाले गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

संयुक्त राष्ट्रसंघका लागि सस्टेनेबल डिभेलप्मेन्ट सल्युसन्स नेटवर्कले तयार पारेको वर्ल्ड ह्यापिनेस रिपोर्ट २०१९का अनुसार ४.९१३ अंक सहित एक सयौं खुशी देशको रुपमा देखिएको छ।

गत वर्ष नेपाल ४.८८० अंक सहित १०१ औं खुशी देश थियो। उक्त प्रतिवेदनका अनुसार फिनल्याण्ड संसारकै सबैभन्दा खुशी राष्ट्र हो।
"सरकारले बारम्बार भनि रहेकै छ उहाँहरु गोला बारुद बिसाउनुस्। हतियार कुनैपनि कुराको समाधान होइन। हतियारको शसस्त्रीकरण सामाजिक समस्याहरु छन् भने त्यसको सामाधान दिँदैन"
रेल किन्न बजेट स्विकृत

सरकारले रेल किन्न ८४ करोड ६५ लाखको बजेट स्विकृत गरेको छ। जनकपुर-जयनगर-कुर्था खण्डमा चलाउका लागि दुईवटा रेल खरिद गर्न सरकारले स्विकृती दिएको छ। स्वीकृती पाएसंगै रेल विभागले जी-टु-जी प्रक्रियाबाट रेल रखिद गर्ने भएको छ।

चालु आर्थिक वर्षमा सरकारले रेल खरिदका लागि ५० करोड रुपैयाँ बिनियोजन गरेको थियो। तर दुईवटा रेल खरिद गर्न त्यो रकम अपुग भएपछि बजेट थप गर्ने निर्णय गरिएको अधिकारीहरुले बताएका छन्।  

प्रधानमन्त्रीले किने सेयर

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बीको साधारण सेयरका लागि आवेदन दिएका छन्। नेपालको पानी जनताको लागनी सबै नेपाली विद्युतको सेयरधनी भन्ने कार्यक्रम अन्तर्गत उनले उक्त सेयर खरिद गरेका हुन्।
सेयर खरिद गरिसकेपछि उनले भने, "आफ्नै स-साना पूँजीहरुलाई पनि संकलित गरेर ठूला कामहरु गर्न सक्छौं। यो कार्यक्रमलाई प्रारम्भिक र प्रयोगात्मक रुपमा लिएका छौं र यसलाई सफल बनाएरै छोड्ने छै।"
बिहिबार बालुवाटार स्थित निवासमा प्रधानमन्त्री र उर्जा तथा जलश्रोतमन्त्री वर्षमान पुन दुवैले सेयर खरिद गरेको उर्जा सचिव दिनेश घिमिरेले बताए,"यसको मोडालिटी न्यूनत सय कित्ता र अधिकत दश हजार कित्ता भनेर राखिएको छ। त्यसमा प्रधानमन्त्री ज्यूले अधिकतम दश हजार कित्ता र मन्त्री ज्यूले एक हजार कित्ता सेयरकालागि आवेदन फर्म भर्नु भएको छ।"

आम सर्वसाधरणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उदेश्यले पहिलो सेयर प्रधामन्त्रीले खरिद गरेका हुन्। गत फागुनमा उक्त कार्यक्रमको घोषणा गर्दा खेरी नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले खरिद गर्ने बताएका थिए। 

सरकारको चेतावनी

नेत्र विक्रम चन्द विपल्व समूहले हिंसाको राजनीति नछाडे सरकारे बल प्रयोग गर्ने चेतावनी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएका छन्। प्र

तिबन्ध लगाएको एक साता नबित्दै सरकारको यस्तो प्रतिक्रिया आएको हो। सुरक्षा बलबीच झडप भएको विवरण आएको  दिनमै सरकारका प्रवक्ताको यस्तो अभिव्यक्ति आएको हो।

बिहिबार आफ्नो मन्त्रालयमा हुने नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले विप्लव समूहबारे राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले यस्तो प्रतिकृया दिएका हुन्।

"सरकारले बारम्बार भनि रहेकै छ उहाँहरु गोला बारुद बिसाउनुस्। हतियार कुनैपनि कुराको समाधान होइन। हतियारको शसस्त्रीकरण  सामाजिक समस्याहरु छन् भने त्यसको सामाधान दिँदैन,"उनले भने।

"त्यसका लागि चेतनाको सशस्त्रीकरण जरुरी छ। त्यसैले राजनीतिक मैदानै खाली छ उहँहरुका लागि। तर त्यसका लागि देशको संविधान मान्नु पर्यो र हिंसा छाड्नु पर्यो।"

यसैबीच विप्लव समूहले सकार फाँसीवादको भद्दा नमून भएको बताएको छ। सरकारे आफ्नो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै नेता- कार्यकर्ता माथि बाढाएको घरपकडबारे मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीले बिहिबार वक्तव्य जारी गरेका हुन्। उक्त विज्ञप्तिमा सरकार सामाजिक दलाल पूँजीवादबाट सामाजिक फाँसिवाद तर्फ पतन हुँदै गएको टिप्पणी गरेका छन्।
Former Maoist and leader of Communist party Netra Bikram Chand Biplav.
Former Maoist and leader of Communist party Netra Bikram Chand Biplav. Source: Facebook
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

कैलालिबाट निर्वाचित आफ्ना सासंद रेशमलाल चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाए लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टि (राजपा)ले यो साता पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गर्यो।

सभामुखले रुलिङ गरिसकेको विषयलाई पनि सरकारले वास्ता नगरेको भन्दै उक्त दलका नेताहरुले बताए।

टिकापुर घटनाको सत्य तथ्या पत्ता लगाउन सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजिनक गर्न माग गर्दै आएको छ। उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकार डराएको उनीहरुले बताउँदै आएका छन्।  

त्यस्तै मध्येका एक जना अनिल कुमार झाले संसदमा भने, "सरकारले त्यो प्रतिवेदन लुकाएर सत्यलाई लुकाउन खोजेको छ। सभामुखको रुलिङ्क पनि मान्दैन भने सरकारले कस्तो निर्देशन मान्ने? सरकारले संसदीय सर्वोच्चतालाई किन सरकारले मान्न चाहिरहेको छैन।"

यस्तो प्रश्न गर्दै राजपाले संसद अवरुदध गरेपछि सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले जवाफ दिएका थिए। "आयोगको प्रतिवेदन सर्वजनिक गर्न आएको ध्यानकार्षणलाई सकारात्मक रुपमा ग्रहण गरिएको म आग्रह गर्न चाहन्छु,"मन्त्री ढकालले भने। 

बिष्टसंग बयान

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याको प्रभाण नष्ट गरेको र अभियुक्तलाई आतना दिएको अभियोग लागेका तत्कालिन एसपी डिल्लीराज विष्टको बनाय लिने क्रम बुधबार सकिएको छ।

कञ्चनपुर जिल्ला अदालतमा उनीसंग मंगलवार र बुधवार बयान लिइएको हो। बयान लिने काम सकिएपछि बुधबारदेखि थुनक्षेक बहस सुरु भएको बताइएको छ। 

नेपाल उपविजेता

नेपाल साफ महिला फुटबल च्याम्पिसीको उपविजेतामा सिमित भएको छ। शुक्रबार विराटनगरको शहिद रंगशालामा भएको फाइनल खेलमा नेपाललाई साविक विजेता भारतले ३-१ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो।

खेलमा नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारीले गरेकी थिइन्। यससंगै साफ च्याम्पिनयसीपको उपाधि हात पार्ने नेपालको सपना अधुरै रह्यो।

भारतसंग नेपाल फाइनलमा हारेको यो चौथो पटक हो भने भारत पाँचौ पटक च्याम्पियन भएको हो।

आइपिएलमा सन्दीप

नेपालका चर्चीत क्रकेट खेलाडी सन्दीप लामिछाने आइपिएल खेल्न भारत पुगेका छन्। अघिल्लो वर्ष आएपिएलको टिम दिल्ली डेर डेभिल्संग अनुबन्ध भएका सन्दीप यो सिजनको खेलका लागि त्यहँ गएका हुन्।

गत वर्षको आइपिएलको पछिल्ला खेलमा टिममा परेका सन्दीपले राम्रो प्रदर्शन गरेका थिए।
Sandeep Lamichhane before going to play his second season of Indian premier league cricket.
Sandeep Lamichhane before going to play his second season of Indian premier league cricket. Source: RSS
विभिन्न आयोगका अध्यक्ष नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग, राष्ट्रिय समावेशी आयोग,  मधेशी आयोग, थारु आयोग तथा मुस्लिम आयोगका अध्यक्षहरुलाई नियुक्त गरेकी छन्।

शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष नवनियुक्त अध्यक्षहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।

ती आयोगमा क्रमश बालानन्द पौडेल, शान्ताराज सुवेदी, विजयकुमार दत्त, बिष्णु प्रसाद चौधरी र समिम मिया अन्सारी सिफारी भएका थिए।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand