एसीड आक्रमणमा किशोरीको मृत्यु र विदेश जान आर्थिक हैसियत प्रमाण चाहिने: गत ७ दिन नेपालमा

Acid attack victim Sushmita Das with her mother at hospital. Sushmita's sister Samjhana died after the attack.

Acid attack victim Sushmita Das with her mother at hospital. Sushmita's sister Samjhana died after the attack. Source: Supplied

एसिड आक्रमणमा परेकी एक जना१८ वर्षिय किशोरी सम्झना दासको उपचारका क्रममा निधन, उनकी बहिनीको उपचार जारी र आर्थिक हैसियत प्रमाणित नगरी भिजिट भिसा नपाइने सरकारको निर्णय। यी हुन् नेपालमा गत ७ दिनका केहि मुख्य समाचार।


एसीड आक्रमणमा किशोरीको मृत्यु

एसिड आक्रमणमा परेकी एक जना१८ वर्षिय किशोरी सम्झना दासको उपचारका क्रममा निधन भएको छ। भदौको अन्तिमसाता रौतहट स्थित उनीहरु घरमा सुतिरहेको बेला सम्झना र उनकी बहिनी सुस्मिता माथि एसिड प्रहार भएको थियो।

उनको बहिनीको शरिरको दायँ भागमा क्षति पुगेको छ र हाल उपचार भइरहेको छ। उक्त घटनालाई सम्झिँदै १५ वर्ष सुस्मिताले भनिन्, 'राती सुतिरहेको बेला अचानक मेरो हात भतभत पोल्यो।

हामी दिदिबहिनी एउटै खाटमा सुति रहेका थियौं र म रुँदै दिदि भन्न थालेँ बत्ति बाले पछि थाहा भयो दिदिलाई त मलाई भन्दा थेरै घाउ भएको रहेछ।'

प्रहरीले एक जना छिमेकी रामबाबु पासवाललाई अनुसन्धाका लागि गिरफ्तार गरेको छ। प्रारम्भिक अनुसान्धाका आधारमा पिडित दिदिबहिनिले ठूलो बुवा भनेर सम्बोधन गर्ने पासवानले राखेको प्रेम प्रस्तावलाई सम्झनाले अस्विकार गर्का कारण एसिड प्रहार भएको हुन सक्ने देखिएको छ।

मृत सम्झनाकी आमा धनमाया मोक्तान दासले दोषिलाई कडा कारवाहि हुनु पर्ने बताउँदै भनिन्, 'लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमै मेरी जेठी छोरीको ज्यान गयो सानी छोरीले पनि अब जिन्दगी भर यी दाग लिएर बाँच्नु पर्छ। यस्तो काम गर्ने लाइ फाँसी कै सजाय हुनु पर्छ नत्र उसलाई पनि यसरी नै एसिडले पोल्न पर्छ। यसो नगर्दासम्म पिडकहरुको मनोबल बढि नै रहने छ।'

यसै बिच नवलपरासीमा पनि एसिड प्रहार भएको छ। २७ वर्षिय वसन्ती परियारलाई छिमेकी युवकले चक्कु र एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।
"लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमै मेरी जेठी छोरीको ज्यान गयो सानी छोरीले पनि अब जिन्दगी भर यी दाग लिएर बाँच्नु पर्छ"
....

Nirmala Panta's parents in Kathmandu.
Nirmala Panta's parents in Kathmandu. Source: Supplied


निर्माला हत्या बारे अनुसन्धान गर्न बनेको समितिले बुझायो प्रतिवेदन

निर्माला पन्तको बलात्कार र हत्या घटना अनुसन्धाका लागि गठित उच्च स्तरिय छानविन समितिले गृह मन्त्री राम बहादुर थापा बादललाई प्रतिवेदन बुझाएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय समितिले मंगलबार उक्त प्रतिवेदन बुझाएपनि त्यसलाई अझै सार्वाजनिक गरिएको छैंन।

प्राप्त प्रतिवेदन बारे गृहमन्त्रालयका उप सचिव एक देव अधिकारीले भने, 'छानविन समितिले प्रतिवेदन गृह मन्त्रीलाई बुझायो। अनुसन्धन चलिरहेको बेला प्रतिवेदन सार्वजनिक गर्यो भने त्यसले अनसन्धालाई नकारात्मक प्रभाव पार्छ भनेर सार्वजनिक नगरिएको हो।'

तर पिडित पन्त परिवारले भने घटना भएको दुई महिला बितिसक्दा पनि सरकारले पाएको विवरण गुपचुप राखेकोमा संखा व्कयत गरेका छन्। भने महिला अधिकारकर्मीहरुले पनि अनुसन्धान पारदर्शी बनाउनका लागि प्रतिवेदन सार्वजनिक गर्न पर्ने माग राखेका छन्।

यसै बिच प्रतिवेदन बुझै पछि राष्ट्रिय सभाको सदनलाई सम्बोधन गर्दै गृह मन्त्री थापाले भनेका थिए, 'हामीले अनुसन्धान सुरु गरिसकेका छौं र आज एउटा छानविन समितिले एउटा प्रतिवेनद पनि बुझाएको छ। यस प्रकारको घटना रोक्न र दोषीलाई सजाय दिन सरकार प्रतिबद्ध छ। '

....

विदेश जान आर्थिक हैसियत प्रमाणित गर्न पर्ने

आर्थिक हैसियत प्रमाणित नगरी भिजिट भिसा नपाइने भएको छ। भिजिट भिसाको दुरुपयोग विषेश गरि मानव तस्करी रोक्न भन्दै नयाँ अध्यागमन विभागले नयाँ मापदण्ड ल्याएको अधिकारीहरुले बताएका छन्।

विभागले गृह मन्त्रालयमा स्वीकृतिको लागि पठाएको विदेश भ्रमण सम्बन्धि मापदण्दमा भिजिट भिसामा विदेश जान अनिवार्य रुपमा स्थानीय तहबाट सो व्यक्ति विदेश घुम्न सक्ने आर्थिक अवस्था भएको भनि सिफारिस गराउनु पर्ने प्रावधान गरिएको छ।

विभागका महार्निदेशक इश्वरराज पौडेलका मानव तस्करीक सेटिङ्कमा जान खोजेका लागि अनुमति दिने र र अन्यलाई बढि केरकार भयो भन्ने गुनासो बढी आएपछि नयाँ मापदण्ड बनाउन लागिएको हो।
भिजिट भिसाको दुरुपयोग विषेश गरि मानव तस्करी रोक्न भन्दै नयाँ अध्यागमन विभागले नयाँ मापदण्ड ल्याएको अधिकारीहरुले बताएका छन्।
....

Tiger in Banke, Nepal.
Nepal is on path to achieve its target of increasing the number of tigers to 250 in the next four years say officials and conservation experts. Source: WWF Nepal


बाघको संख्या बढ्यो

नेपालमा बाघको संख्या २ सय ३५ पुगेको अधिकारीहरुले बताएका छन्। जसमध्ये २८ वटा डमरु रहेको बताइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो तथ्याङ्कका अनुसार सन् २०२२मा बाघको संख्या २५० पुर्याउने नेपालको लक्ष्य पुरा हुने देखिन्छ। नेपालले सन् २०१०मा उक्त लक्ष्यको घोषणा गरेको थियो।

सन् २०१३मा गरिएको गणनामा बाघको संख्या १९८ रहेको देखिएको थियो। नेपालमा बाघको संख्या रहेको थियो। बाघ संरक्षकका लागि चालिएका भनि चालिएका कार्यक्रमले शहि परिणाम दिएको बाघ संरक्षण विद  कन्चन थापाले बताए। उनले भने, ' बाघको बासस्थान र आहारको बन्दबस्त राम्रो संग गरिएको र यसको संरक्षका लागि पनि संग संगै काम गरिकाले यस्तो परिणाम देखिएको हो।'

तर बाघ संरक्षण गर्नका लागि तीव्र गतिममा भइरहेको शहरीकरण र बढ्दो जनसंख्याले बाघको बासस्थान र आहार जस्ता कुरामा नकारात्मक प्रभाव पार्न सक्ने संरक्षण विदहरुको भनाइ छ।

विभागका अनुसार गत पाँच वर्ष नेपालमा ३३ वटा बाघ मरेका छन्।

हाल पाँच निकुञ्जमा – पर्सा, चितवन बाँके बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विशेष कार्यक्रम चलाएर बाघ संरक्षका लागि विभिन्न कार्यक्रमहरु चलाइरहेको अधिकारीहरुले बताएका छन्।

....

नयाँ नोट २१ गते देखि

दसैंका लागि नयाँ नोट असोज २१ गते देखि साट्ने राष्ट्र ब्याङ्कले जनाएको छ। काठमाण्डू उपत्यका भित्र करिब डेढ अर्ब रुपियाँ बराबरको नोट साट्ने व्यवस्था गरिएको केन्द्रिय ब्यङ्का अधिकारीहरुले बताएका छन्।

यस पटक पनि ५ १० २० ५० र १०० रुपियाँका नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बताए। उनका अनुसार प्रति व्यक्ति २६ हजार सम्म नोट साट्न पाइने छ।

....

चितवनसम्म पेट्रोलियम पाइपलाइन

भारतको मोहतरी देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तारका लागि नपार र भारतबीच सहमति भएको अधिकारीहरुले बताएका छन्। दुई देशका मन्त्रीस्तरीय छलफलमा उक्त सहमति भएको उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादवले बताए। उनले भने, 'चितवनसम्म पाइपलाइ विस्तार गर्न सम्भव भएको देखिएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ।'

नेपाल आयल निगमका अनुसार हाल मुज्जफरपुरसम्म इण्डियन आयल कर्पोरेशनले ग्यासको पाइपलाइन निर्माण गरिसकेको छ।

....

नेपाल र चीन उर्जा संयन्त्रको बैठक

नेपाल र चीनबीच गठित उर्जा संयन्त्र उर्जा क्षेत्रको विकास र सहजिकरण गर्न कार्ययोजना बनाउनका लागि दुवै देश सहमत भएका छन्।

शुक्रवार काठमाण्डूमा बसेको उर्जा संयन्त्रको बैठकले यसका लागि एक महिनाभित्र योजना बनाएर पेस गर्न सहमति भएको उर्जा तथा जल स्रोत मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए। 'यसबाहेक दुई देशबीच उर्जा साझैदारी र अन्तरदेशीय प्रसारण लाइन आबद्धताको संभावनाका विषयमा पनि छलफल भए,' प्रवक्ता घिमिरेले भने।

उर्जा संयन्त्रको दोस्रो बैठक चीनमा हुने बताइएको छ।

....

Martyrs Memorial Football League started after 5 years in Kathmandu.
Martyrs Memorial Football League started after 5 years in Kathmandu. (Pic:ANFA) Source: ANFA


पाँच वर्षपछि फूटबल लिग

पाँच वर्षपछि काठमाण्डूमा शहिद स्मारक ए डिभिजन सुरु भएको छ। अखिल नेपाल फूटबलसंग भित्रको विवादका कारण र भौतिक पुर्वाधार लगायतका विषयले केहि समय लिग हुन सकेको थिएन।

लिगको पहिलो खेल त्रिभुवन आर्मि क्लव र एनआरटि बीच भएको थियो र शनिवार भएको सो खेल २-२को बराबरीमा टुङ्गिएको थियो।  रोजित पुडासैनीले १२ मिनेटमा एनआरटीलाई अग्रसरता दिलाका थिए।

सन्तोष तामाङले ३८औं मिनेटमा आर्मिलाई खेलमा फर्काएका थिए। त्यैस्तै दोस्रो आफमा पनि राजेश परियारले लिगमा गोको खाता खोल्दै एनआरटीलाई ६४ मिनेटमा अगाडी बढएका थिए।

बलियो मानिएको विभागिय टिम आर्मीले दोस्रो आफको इन्जुरी समयमा पेनाल्टि क्षेत्र भित्र पाएको फ्रि किक मार्फत गोल गर्दै लिग तालिकामा एक अंक जोड्न सफल भएको हो।

माघ १६ गतेसम्म संचालन हुने लिगमा १४ वटा क्लव सहभागि रहेको अखिल नेपाल फूटबल संघले जनाएको छ। 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand