Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

मन्त्री केशव स्थापित बर्खास्त र बित्यो निर्मला हत्याको एक सय दिन: गत ७ दिन नेपालमा

Province 3 minister and former Kathmandu Mayor Keshav Sthapit sacked by his government.

Province 3 minister and former Kathmandu Mayor Keshav Sthapit sacked by his government. Source: Facebook

प्रदेश ३ का भौतिक योजनामन्त्री केशव स्थापितलाई पदीय मर्यादा विपरित कथित अभद्र र अमर्यादित प्रदशर्न बापत बर्खास्त र १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुग्दा पनि दोषिबारे अझै पत्ता लागेन। गत ७ दिनका नेपालका केहि मुख्य समाचार।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


प्रदेश ३ का भौतिक योजनामन्त्री केशव स्थापितलाई पदीय मर्यादा विपरित कथित अभद्र र अमर्यादित प्रदशर्न बापत बर्खास्त र १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुग्दा पनि दोषिबारे अझै पत्ता लागेन। गत ७ दिनका नेपालका केहि मुख्य समाचार।


स्थापित बर्खास्त

प्रदेश ३ का भौतिक योजनामन्त्री केशव स्थापित बर्खास्त भएका छन्। नेपालको संविधानको धारा १६७को उपधारा६९को अधिकार प्रयोग गरेर स्थापितलाई बर्खास्त गरिएको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पोडेलले बताए।

स्थापितले प्रदेश मन्त्रीपरिषद बैठकमा पदीय मर्यादाविपरित अभद्र र अमर्यादित प्रदशर्न गरेकोले उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ।

श्रोतहरुका अनुसार मुख्यमन्त्री पौडेल र स्थापितबीच प्रदेशको राजधानी कुन ठाउँमा बनाउने भन्ने विषयमा मतभेद रहेको थियो। स्थापितले काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ६ (क)बाट प्रदेशसभा चुनाव जितेका थिए।

उनी काठमाण्डू महानगरपालिका मेयर पनि थिए।

निर्माला हत्याको १०० दिन बित्यो

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सयदिन पुग्दा पनि दोषि पत्ता लाग्न सकेको छैन। उक्त घटनाको विरोधमा देशभर विभिन्न प्रदर्शनहरु भइरहेका छन्।

प्रधानमन्त्री केपीशर्मा ओली स्वयमंले निर्मलाका अभिभावकलाई भेटेर न्याय दिने आश्वासन दिएको पनि महिनौं बितिसक्यो। यसबीच थुप्रै छानविन टोलीहरु पनि बने र तीनकै सिफारिसमा घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्ली विष्ट र तत्कालिन वाड प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बारखास्त भएका छन्।

सय दिन बित्दापनि दोषि पत्ता नलागेकोमा निर्मलाका परिवारले चिन्ता व्यक्त गरेका छन्।शुक्रबार मिडियाकर्मीहरुसंग कुरा गर्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, "न्याय पाउने आशा कहिलेसम्म गर्नु खै।

यतिका समय बितिसक्दा पनि दोषि पत्ता लागेको छैन। प्रधानमन्त्री स्वयमंले आश्वासन दिनु भएको छ केहि त पक्कै होलानी।"

साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्लट उखुबारीमा भेटिएको थियो।

Nepal President Bidya Devi Bhandari at Kathmandu Airport.
Nepal President Bidya Devi Bhandari at Kathmandu Airport. Source: RSS

राष्ट्रपतिको कतार भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारी खाडी मुलुक कतारको चारदिने भ्रमण सकेर बिहिबार नेपाल फर्केकी छन्।

भ्रमणका क्रममा कतारमा रहेका नेपाली कामदारको हितका लागि विभिन्न सरोकारवाला निकयासंग छलफल भएको बताइएको छ। यसबाहेक दुईदेशबीच कृषिमा लागनी र पर्यटनको विकास गर्ने विषयमा सम्झौता भएको बताइएको छ।

राष्ट्रपतिसंगै कतार भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसंग कुरा गर्दै भने, "यस भ्रमणले कतारबाट बैदेशिक लगानी भित्र्याउने र पर्यटन प्रबर्धन गर्नका नेपाल कतारबीच व्यापार प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने वातावरण बनाएको छ।"

यसैबीच अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहसकार्य गर्न एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ।

अस्पतालबाट निवास फर्के प्रधानमन्त्री

छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार डिस्चार्ज भएका छन्। अस्वस्थ भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। प्र

धानमन्त्री ओलीले दशैंका बेला सर्वसाधरणलाई टिका लगाइदिएका थिए। त्यही कारण संक्रमण भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन्। सुइमार्फत दिइएको एन्टीबायोटीकको डोज पुरा भएपछि उनलाई डिसचार्ज गरिएको डा सायामीले बताए।

निवास फर्केपनि अझै एक साता पूर्ण आराम गर्न उनलाई चिकित्सकहरुले सुझाव दिएका छन्।

सरकारले सार्वजनिक गर्यो १०० पर्यटकन गन्तव्य

पर्यटन मन्त्रालयले एक सय नयाँ प्रर्यटकीय गन्तव्यको सूचि सार्वजनिक गरेको छ। आन्तरिक र वाहिय पर्यटन प्रवर्दध गर्नका लागि नयाँ सूचि तयार पारिएको अधिकारीहरुले जनाएका छन्।

यसवर्षको बजेटमा पनि सरकारले एक सय पर्यटकीय क्षेत्रको बिकासका लागि  करिब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। पर्यटन बोर्डले गन्तव्यको सूचि प्रकाशन गर्नु अघि त्यसको आह्वान गरेको थियो।

त्यसैको आधारमा विभिन्न सरोकारवाला निकाय, स्थानीय निकाय र पर्यटन व्यवसायीसंग परापर्श गरेर सूची तयार पारेको जनाएको छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now