SKIP TO MAIN CONTENT

प्रधानमन्त्री मोरिशनको माल्कम टर्नबुललाई बाली सम्मेलनमा पठाउने निर्णयको विरोध

Prime Minister Scott Morrison during Question Time in the House of Representatives at Parliament House in Canberra
Prime Minister Scott Morrison during Question Time Source: AAP

वेन्टवर्थ उप निर्वाचनले मोरिशन सरकारलाई प्रभाव पारिरहेको बताई रहेको समयमा इन्डोनेसियामा अस्ट्रेलियाको प्रतिनिधित्व माल्कम टर्नबुलले गर्ने सोचाई को विषयमा पछिल्लो समयमा कतिपयले प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्री स्कट मोरिशनले भने उक्त निर्णय दुई महिना अगाडीको भएको भन्दै वालिमा हुने सम्मेलनमा टर्नबुलको उपस्थिति अस्ट्रेलियाको राष्ट्रिय हितमा रहेको पनि बताएका छन्।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

वेन्टवर्थ उप निर्वाचनले मोरिशन सरकारलाई प्रभाव पारिरहेको बताई रहेको समयमा इन्डोनेसियामा अस्ट्रेलियाको प्रतिनिधित्व माल्कम टर्नबुलले गर्ने सोचाई को विषयमा पछिल्लो समयमा कतिपयले प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्री स्कट मोरिशनले भने उक्त निर्णय दुई महिना अगाडीको भएको भन्दै वालिमा हुने सम्मेलनमा टर्नबुलको उपस्थिति अस्ट्रेलियाको राष्ट्रिय हितमा रहेको पनि बताएका छन्।


प्रधानमन्त्री पद तथा सांसदबाट समेत राजीनामा दिएर सामान्य नागरिक बनेका माल्कम टर्नबुलले अक्टोबर २९ र ३० मा इन्डोनेसियामा हुन गइरहेको सामुन्द्रिक सम्मेलनमा प्रधानमन्त्री स्कट मोरिशनको साटो उपस्थिति जनाउने भएका छन्।

मोरिसन सम्मेलनमा उपस्थित हुन असमर्थ रहेको बताइए पनि कतिपयले यो सोचाइ माथि प्रश्न गरेका छन्।

लिबरल पार्टीबाट अस्वीकार गरिए पछि माल्कम टर्नबुल पत्नी लुसीका साथ अमेरिकाको न्यु योर्कमा अवस्थित आफ्नो घरमा समय बिताउँदै आएका थिए।

गठबन्धनका केही सदस्यहरूले वेन्टवर्थको प्रतिनिधित्वलाई छोडेका टर्नबुलले सो क्षेत्रमा लिबरललाई जित दिलाउन प्रयास गरेका डेभ शर्माको समर्थन र प्रचारमा एक शब्द पनि नखर्चिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

पूर्व उप प्रधानमन्त्री बार्नबि जोएसले उक्त निर्णयको आलोचना गरेका छन्।

वान नेशन नेत्री पोलिन ह्यान्शनले निर्णयको निन्दा गर्दै सिड्नीको २ जीबी रेडियोमा गरेको कुराकानीमा टर्नबुल माथि आफूलाई कुनै विश्वास नभएको बताएकी छन्।

तर प्रधानमन्त्री स्कट मोरिशनले भने आफू सम्मेलनमा उपस्थित हुन नसक्ने भए पछि सो निर्णय दुई महिना अगाडी नै लिइएको बताएका छन्।

पूर्व विदेश मन्त्री जुली विशपले भने निर्णयको समर्थन गर्दै यो असामान्य कुरा नभएको मा जोड दिइन।

सिनेटको सुनुवाइमा भएको खुलासा अनुसार स्कट मरिशनले माल्कम टर्नबुललाई सरकारी कामका निमित्त असीमित विदेश भ्रमण गर्ने अनुमति दिएका छन्।

स्कट मोरिशनले सो निर्णयलाई लिएर भिन्न विचार र हेराइ हुन सके पनि आफूले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको बताएका छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now