प्रधानमन्त्री भियतनामा र कम्बोडिया भ्रमणमा
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो भ्रमणमा छन्। शुक्रबार भ्रणका लागि हिँडेका प्रधानमन्त्रीले पहिले भियतनामा र अन्त्यमा कम्बोडियाको भ्रमण गर्ने बताइएको छ।
दक्षिणपूर्वी एसियाली मुलुकहरुमा नेपाली प्रधानमन्त्रीको तहमा हुन लागेको यो पहिलो भ्रमण रहेको बताइएको छ। प्रम ओलीले गत मंगलवार संसदको प्रतिनिधिसभामा आफू यी दुई देशको औपचारिक भ्रमणमा जान लागेको बताएका थिए।
यस्तै उनले ट्विट गर्दै 'परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्न आवश्यक रहेको' बताइका छन्।

२३ जना महिलाको उद्धार
अवैध बाटो हुँदै खाडी मुलुक जाँदै गरेका २३ जना नेपाली महिलाहरुलाई भारतको पूर्वी राज्य मिजोरमबाट फर्काइएको अधिकारीहरुले बताएका छन्।
उनीहरु मिजोरमबाट म्यानमार र श्रीलंकाको हुँदै नेपाल सरकारले निषेध गरेका खाडी मुलुक लैजाने योजना रहेको बताइएको छ। उनीहरुलाई बिहिबार नेपाल ल्याइएको हो।
उद्धार गरिएका महिलाहरु २० देखि ४५ वर्षका रहेका र उनीहरु सबैले स्वाइच्छाले जान चाहेको बताएको अधिकारीहरुले बताएका छन्।
एनसेल करबारे सर्वोच्चको अर्को निर्णय
सर्वोच्च अदालतले निजि दुरसञ्चार प्रदयाक कम्पनी एनसेलले दायर गरेको रिटको अन्तिम टूङ्गो नलागुनन्जेलसम्म कर असुली प्रक्रिये अघि नबढाउन आदेश दिएको छ।
यस्तै दुवैपक्षलाई छलफद्यका लागि जेठ २१ गते बोलाइएको छ।
एनसेलको ८० प्रतिशत सेयर हिस्सेदार रेनोल्ड होल्डिङ्को सेयर टेलिया सोनेराबाट आजिएटलाई बेच्दा लाग्नुपर्ने पुँजिगत लाभकर एनसेलले तिर्नुपर्ने भनी सर्वोच्चले फैसला गरेपछि ठूला करदाता कार्यालयले६२ अर्ब ६३ करोर्ड रुपैयाँ कर निर्धारण गरेको थियो। त्यसमध्ये करिब साढे २३ अर्ब रुपैयाँ रकम एनसेलले पहिल्यनै बुझाइसकेको छ।
बाकिँ कर तिर्न ठूला करदाता कार्यलयले पत्राचार गरेको हो। तर एनसेलले उसले आय विवरण दाखिला गरेपाछि मात्र कर निर्धारण हुनुपर्ने तर सरकारले सोझै कर निर्धारण गरेको भन्दे पुन सर्वोच्चमा रिट निवेदन दर्त गरेको हो।

नेपालले ओमान र अमेरिकासंग घरेलु मैदानमा खेल्ने
नेपालले ओमान र अमेरिकासंग त्रिकोणात्मक शृंखला खेल्ने भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषदले सर्वजनिक गरेको लिग टु तालिका अनुसार उक्त त्रिकोणात्मक शृखला नेपालले आउँदो फेब्रुअरी ५-१२ मा आयोजना गर्ने छ।
लिग टु सन् २०२३मा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोटको पहिलो खुट्किलो हो।
लिग टूमा एकदिवसीय मान्यता पाएका १४ देखि २० वरियताका ७ टिमबीच १ सय २६ खेल खेलाइने छ। जसअध्ये शीर्ष ३ स्थानमा आउने टोलीले सन् २०२३को विश्वकप सिधै पाउने छ।
खुल्यो विज्ञान संग्राहलय
नेपालमा पहिलो पटक विज्ञान संग्राहलय खुलेको छ। त्रिभुवन विश्वविद्यालय परिसर किर्तिपुरमा रहेको उक्त संग्राहलयको शिलान्यास शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका हुन्।
संग्राहलयमा खगोलशास्त्र, वनस्पति विज्ञान, रसायनशास्त्र, डिएनए लगायतका सामाग्री र अनुसन्धानमा प्रयोग हुने विभिन्न उपकरणहरु रहेको बताइएको छ।
संसदमा बोलिएका अमर्यादित शब्दहरु रेकर्डबाट हटाइए
गत साता प्रधानमन्त्रीले सरकारले आगामि आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रमबारे उठेक प्रश्नको जवाफ दिए। त्यसपछि विभिन्न दलका सासंदहरुले उनीलाई प्रश्न गरे र तीनको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेका शब्दका कारण संसदमा नाराबाजी नै चलेको थियो।
नाराबाजि चलिरहेकै बेला नीति तथा कार्यक्रम पारित भएको भयो।
प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्रीद्वारा प्रयोग भएका शब्द संसदको अभिलेखबाट हटाइनु पर्ने माग राखेका थियो। जुन हटाइएको जनाकारी सभामुख कृष्ण बहादुर महराले संसदलाई जानकारी गराएका छन्।
अधिकाशं सासंदहरुले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दा राष्ट्रपतिद्वारा मेरो सरकार भनी प्रयोग भएको शब्दबारे टिप्पणी गरेका थिए। जसको जवाफमा प्रधानमन्त्रीले "जानी जानी मोरो सरकार भन्ने शब्द प्रयोग भएको हो।
यो अन्तराष्ट्रिय प्रचलननै हो भारतमा पनि यसको प्रयोग भएको छ," भने।
अनुष्का मिस नेपाल
मिस नेपाल २०१९को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।
प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतिस्पर्धीहरुलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पुरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं।
तपाई के सोच्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले अधिकार र कर्तव्य एउटा सिक्काको दुई पाटा हुन् भनेकी थिइन्। यो मिस नेपालको २५ औं प्रतियोगिता हो।

चावहिल जोरपाटि सडक खण्डका
लामो समयदेखि पिच गरिने खोक्रो आश्वासन दिएको भन्दै चावहिल बौद्ध जोरपाटी सडक खण्ढका स्थानीय बासी आन्दोलनमा उत्रिएका छन्।
गत वर्ष नेपालले आयोजना गरेको बिम्स्टेक सम्मेलनमा आएका विशिष्ट विदेशी पाहुनाहरुलाई रिट्रिटका उक्त सडक खण्ढ हुँदै जाने गोकर्ण फरेस्ट रिजोट लाने बताइएको थियो। तर त्यहाँ पुग्ने बाटोमा धेरै खाल्डा खुल्डी भएका कारण कार्यक्रम आयोजना गरिएको सोल्टि होटेलमै रिट्रिट पनि गराइएको थियो।
त्यसको लगत्तै गोकर्ण वरिपरी भाषण दिन गएका प्रचण्डले उक्त सडक खण्ढ चिल्लो पार्नेकामलाई उनको सरकारले प्राथमिकतामा राखेको बताएका थिए।
चावहिल –साँखु सडक खण्ड विस्तार र मर्मतका लागि ठेक्का दिएको चारवर्षसमम पनि काम नसकिएको र त्यसले गर्दा दैनिक आवत जावतमा निकै कष्ठ पुगेको भन्दै स्थानीय वासी आन्दोलनमा उत्रिका हुन्।
हाल उक्त सडक खण्ढमा पानि पर्दा हिलो र घाम लाग्दा निकै धुलो उड्ने गरेको छ।




