पुनर्निमाणका लागि अझै ४ खर्ब चाहिने
भूकम्प पछिको पुनर्निर्माणको सबै काम सक्न करिब ४ खर्ब रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। गोर्खा भुकम्प गएको चार वर्ष बितेको अवसरमा प्रधिकारणले यस्तो जनाकारी दिएको हो।
पुनर्निमार्णको काम सक्न पाँच वर्षको समयावधी पाएको प्राधिकरणले हालसम्म ५० प्रतिशत निजी आवास निर्माण गरिसकेको जनाएको छ। "करिब ३० प्रतिशत निजी आवास निर्माणको चरणमा छ।
पुनर्निर्माणको सबै काम सक्न हामीलाई अझै ४ खर्ब जती आवश्यक छ," प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए।
यस्तै करिब ८५ प्रतिशत शैक्षिक संस्था, ६६ प्रतिशत स्वास्थ्य संस्था, ६० प्रतिशत सम्पदाहरु र ६६ प्रतिशत स्वास्थ्य संस्था निर्माण भएको उनले बताए।
राष्ट्रपतिद्वारा कनेक्टिभिटिमा जोड
राष्ट्रपति विद्यादवी भण्डारीले अन्तराष्ट्रिय सहयोगका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मञ्चको बेइजङ्कमा आयोजना भएको सम्मेलनमा सीमापार रेलमार्गले हिमालय वारपार बहुआयामिक कनेक्टिभिटीको विकास हुनेमा जोड दिएको बताएइन्।
शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले रेलमार्गले नेपाल र चीनबीच मात्र नभइ अन्य मुलुकसंग सम्पर्क सञ्जाल प्रवर्द गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन्।
राष्ट्रपतीको चीन भ्रमणका क्रममा चीनसंग पारवहान सम्बनधीमा समेत हस्ताक्षर हुने बताइएको छ।

नेपालमा ९ लाख बेरोजगार
केन्द्रिय तथ्याङ्क विभागले हालै सार्वजनि गरेको एउटा प्रतिवेदनले नेपालमा ९ लाख ८ हजार बेरोजगार रहेको देखाएको छ। बेरोजगार मध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला रहेका छन्।
यस्तै सर्वेक्षणका अनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ।
विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष बेरोजगाको दर बढेको छ। उक्त श्रमशक्ती सर्वेक्षणका अनुसार सन् २०१९मा बेरोजगारीको दर ११.४ रहेको छ।
निगमले बोइङ बिक्री गर्ने
नेपाल वायुसेवा निगमले उसंग रहेका बोइङ् बिक्रि गर्ने भएको छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलक अनुसार निगमले यसविषयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस विषयमा पत्राचार गरिसकेको छ।
"अब हामी एकै किसिमका जहाज उडाउने योजनामा छौं। बोइङ्कलाई हटाउने हाम्रो पुरानो योजना हो र यसबारेमा हामीले मनेत्रालयसंग पनि कुरा गरिसकेका छौं," खरेलले भने।

मण्डलको मृत्यु
आफ्नै आगनमा जलेको अवस्थामा भेटेर उपचारका लागि लगिएकी सिराहाकी २१ वर्षिया कञ्चनदेवी मण्डलको शुक्रबार मृत्यु भएको छ। उनको राजधानी स्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।
जलिरहेकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरेका थिए। कञ्चनलाई उनकै परिवारका सदस्यले जलाएको आरोप छिमेकीले लगाएका छन् र यस विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
पछिल्लो समय घरेलु हिंसाको संख्या निकै बढको प्रहरी आँकडाले देखाउँछ।
नेकपा जिल्ला नेतृत्वको गाँठो फुक्यो
लामो समय अन्योलमा रहेको जिल्ला नेतृत्वको गाँठो फुकेको नेकपाका नेतालहरुले बताएका छन्। यसले माओवादी केन्द्र र एमाले मिलेर बनेको सत्ताधारी नेकपाको एकता प्रकियामा देखिएको गाँठो फुकाएको बताइएको छ।
राजधानिमा सोमबार एउटा कार्यक्रम आयोजना गरेर पार्टीका अध्यक्ष द्वयले यस्तो अभिव्यक्ति दिएका हुन्।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकजना अध्यक्ष पुष्ष कमल दाहाल प्रचण्डले जिल्ला नेतृत्व सम्बनधी विषय टुङ्गो लगाएको बताए।
पार्टीका प्रवक्ताका अनुसार एकता अगाडीसम्म जिल्ला नेतृत्व गर्दृ आएका दुवै पार्टीका अध्यक्षहरुबाट एउटालाई अध्यक्ष र अर्कोलाई सचिवको जिम्मेवारि तोकिएको छ।
"जिल्ला नेतृत्व सम्बन्धी मुख्य गाँठो फुकेको छ। पार्टी एकताको हाम्रो मिसन सकिएको छ," प्रचण्डले भने।

एनसेल कर प्रकरण फेरी अदालतमा
एनसेले ठूला करदाता कार्यालयले तोकेको भन्दा कम पूँजिगत लाभकर उसले तीर्नु पर्ने भन्दै अदालतमा रिट दायर गरेको छ। गत साता ठूला करदाता कार्यालयले एनसेलमाथि ३९ अर्ब ६ करोड रुपैयाँ थप कर निर्धारण गरी सात दिन भित्र तिर्न पत्र पठाएको थियो।
उक्त पत्र बुझैको एक साता नबित्दै एनसेल अदातल गएको हो। एनसेलले सबै हिसाब मिलान गर्दा उसले तिर्नुपर्ने दायित्वमध्ये जम्मा २१ अर्ब ४५ करवड ८० लाख ५५ हजार ९ सय अर्थात १५ प्रतिशत भुक्तानी गरेको रिटमा खुलाएको छ।
त्यसैले कानुन बमोजिम लाग्ने २५ प्रतिशत मध्ये बुझाउन बाँकी १० प्रतिशत पूँजीगत लाभकर १४ अर्क ३६ करोड ५३ लाख ७० हजार ६ सय मात्र निर्धारण हुनु पर्ने उसको दाबी छ।



