अस्ट्रेलियामा तलब वृद्धि: दुई नेपाली, दुई सहर तर माग एउटै

Sajita Sitaula and Tirtha Karki advocating for pay rise in Australia.

Sajita Sitaula and Tirtha Karki advocating for pay rise in Australia Source: Supplied

पछिल्लो केहि समय यता तलब वृद्धिको माग गर्दै अस्ट्रेलियाका विभिन्न सहरहरूमा हुँदै आएका प्रदर्शनमा नेपाली सजिता सिटौला र तिर्थ कार्कीले पनि सहभागिता जनाउँदै आएका छन्। मेलबर्न निवासी सजिता र सिड्नी निवासी तिर्थले दुई भिन्न सहरबाट भए पनि 'तलब बृद्धि'लाई लिएर एसबीएस नेपालीसँग गरेको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


विभिन्न युनियन हरुमा आबद्ध र विभिन्न क्षेत्रमा कार्यरत लाखौँ अस्ट्रेलियाली कामदारहरूले आफ्नो काममा स्थाइत्व र ज्याला वृद्धिको माग गर्दै आयोजना भएका र्यालीमा सहभागिता जनाएका छन्।

मङ्गलवार मेलबर्नको मध्य सहरको सडकहरू एक लाख साठ्ठी हजार प्रदर्शनकारीहरूले भरिएको थियो।

काउन्सिल अफ ट्रेड युनियन (एसीटीयू) द्वारा सञ्चालित 'चेन्ज द रुल्स' अर्थात् 'नियमहरू परिवर्तन' अभियानको एक हिस्सा रहेको उक्त प्रदर्शन र र्‍याली मेलबर्नमा मात्र होइन राष्ट्रियस्तरमा नै भएको थियो।

र यही भिडमा क्लिनरका रूपमा कार्यरत सजिताले आफ्नो ऐक्यवद्धता जनाएकी छन्।

union protest melbourne
Source: SBS malayalam

सजिताले न्यूनतम पारिश्रमिकमा जीविकोपार्जन गरिरहेकी छन् र उनको पारिश्रमिकमा यस वर्ष ६२ सेन्ट मात्र वृद्धि भयो। पारिश्रमिक वृद्धिको माग गर्दै सडकमा उत्रिएकी मेलबर्नकी सजिताले आफ्नो कामको सह्राना नभएको बताइन।

उनी भन्छिन्, " म लगायत मैले चिनेका अन्य क्लिनरहरुले उनीहरू योग्य जीवन यापन गर्न पाउनुको साटो बाच्नको लागी संघर्षर गरिरहेका छन्। हामीहरूले अत्यन्त मुल्यवान काम गरिरहेका छौँ तर हामीलाई त्यो कामका लागी पहिचान गर्न सकिएको छैन।"

युनियनका अनुसार ५ मध्ये ४ जना श्रमिकहरूको पारिश्रमिक जीवन यापन गर्न लाग्ने लागत र मूल्य वृद्धिको तुलनामा निकै कम छ।

२८ हजार भन्दा बढी अस्ट्रेलियालीहरु फुल टाइम काम गरे पनि घरबार विहीन भएको मानिएको छ। र यस्तो तथ्याङ्कले नेपाली सजिता र ऊ जस्तै अन्य कामदारहरूलाई पनि सोच्न बाध्य बनाएको छ।

सजिता लगायत लाखौँ कामदारहरूको आवाज बनेको एसीटीयू कि सचिव स्याली म्याकमनुस स्थिर ज्याला वृद्धि जीवन लागतसँग मिल्ने गरी नभएकोमा जोड दिन्छिन्।

तत्कालको समयमा अस्ट्रेलियाको प्रतिवर्ष न्यूनतम पारिश्रमिक ३७ हजारको हाराहारीमा मात्र रहेको छ।

शिक्षण, नर्सिङ, व्यापारमा आबद्ध व्यक्तिहरू लगायत सम्पूर्ण कार्य क्षेत्रमा रहेका युनियनहरूले र्‍यालीमा सहभागिता जनाएका थिए।

उनीहरूले पारिश्रमिक वृद्धि मात्र होइन कामको सुरक्षामा पनि सुधार हुनुपर्ने माग राखेका थिए।

हिलकारी भन्छन्, "४० प्रतिशत अस्ट्रेलियाली कामदारहरू मजदुर नियुक्ति मार्फत रहेका छन्, उनीहरू करारमा हुन्छन्, उनीहरूलाई अस्थाई बनाइन्छ, तर उनीहरूलाई स्थायी कामको आवश्यकता हुन्छ।"

हिलकारीका अनुसार  प्रदर्शनकारीहरूले यो संदेश आफ्ना जागिर दाताहरुलाई मात्र होइन संघिय सरकारलाई समेत दिन चाहेका छन्।

"यो धेरै ठुलो र्‍याली हो, र हामी स्कट मोरिशन सरकारलाई एउटा साच्चिकै ठुलो संदेश दिन चाहन्छौं, अस्ट्रेलियालीहरुले पारिश्रमिकमा वृद्धि पाउने समय भएको छ।"

Prime Minister Scott Morrison.
Prime Minister Scott Morrison during Question Time on Thursday. (AAP) Source: AAP

तर मोरिशन सरकारले भने युनियनहरूले आफूहरु शक्तिमा आउन कामदारहरूको प्रयोग गरेको भन्दै प्रदर्शनबारे प्रश्न उठाइरहेको छ।

प्रधानमन्त्री स्कट मोरिशनले संसदमा सम्बोधन गर्दै लेबर पार्टीले पनि त्यस्तै गरेको भनि युनियन र लेबर पार्टी बिचको तालमेललाई कटाक्ष गरे।

रोजगारी र उद्द्योग मन्त्री केली ओ'ड्वाएरले कामदारहरूको यूनियनलाई धेरै शक्ती दिनु ठुलो गल्ति हुने बताएकी छन्।

साथै उनले अस्ट्रेलियाको स्वतन्त्र निकाय फेयर वोर्क कमिशन कार्य क्षेत्र सम्बन्धी कुनै पनि समस्याका बारेमा निर्णय लिन सक्षम रहेको पनि बताइन। 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now