यती एयरलाइन्सको विमान काठमाडौँमा चिप्लियो र एसियाडमा नेपाललाई रजत पदक - गत ७ दिन नेपालमा

Yeti Airlines jet skidded off the runway in Kathmandu on Saturday 1 September 2018.

Yeti Airlines jet skidded off the runway in Kathmandu on Saturday 1 September 2018. Source: RSS

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिँदा पांग्रा भाँच्चिए पछि १२ घण्टा सम्म काठमाडौँ स्थित नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल बन्द र नेपालले इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा जित्यो पहिलो पदक | यी हुन् गत ७ दिनका प्रमुख नेपाली समाचार |


यती एयरलाइन्सको विमान चिप्लिँदा पांग्रा भाँच्चियो

यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार अवतरणलगत्तै धावनमार्गमा चिप्लिदाँ दुर्घटना भएको छ। नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको विमान चिप्लिएर अगाडीको पांग्रा भाँच्चिदाँ पाँच यात्रु सामान्य घाइते भएका थिए ।

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीेले विमानमा रहेका चालक दलका सदस्य र बाँकी यात्रुको अवस्था सामान्य रहेको जानकारी गराएका थिए ।

...

Leaders from various countries in Kathmandu for BIMSTEC Conference.
Leaders from various countries in Kathmandu for BIMSTEC Conference. Source: RSS

बिमस्टेक सम्मेलन सम्पन्न

अन्तरदेशीय उर्जा व्यापारका लागि बाटो खोली विकास र शान्तिका लागि सहकार्य गर्ने प्रतिवद्धता सहित १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायतका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन शुक्रबार सम्पन्न भएको छ।

सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी भएका थिए ।

बिमस्टेक ग्रीड इन्टर कनेक्सनका सम्झौतापत्रमा हस्ताक्षर गर्दै बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेर सम्मेलन शुक्रबार सम्पन्न भएको थियो ।

सम्मेलनमा बुद्धिस्ट सर्किटदेखि खाद्य सुरक्षालगायतमा साझेदारी गर्ने सहमतिमा भएको थियो ।

त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएको अवसर पारेर काठमाडौंदेखि भारतको रक्सौलसम्म विद्युतीय रेल मार्ग बनाउने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि नेपाल आएका विभिन्न ६ वटा विशिष्ट पाहुनाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

...

Nepal cricket team's first victory in Asia cup qualifiers against Malaysia.
Nepal cricket team's first victory in Asia cup qualifiers against Malaysia. Source: Supplied

एसिया कप छनोटमा नेपालको पहिलो जित

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएर विजयी भएको थियो ।

नेपालले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा नौं विकेट गुमाएर केवल एक सय ६९ रन मात्र बनाएको थियो ।

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले २—२ विकेट लिएका थिए ।

...

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

क्रमश रुपमा अस्पतालको प्रशासनिक काम बन्द, आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, अपरेसनहरु नगर्ने र आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

...

द्वन्द्वकालमा बेपत्ता भएका १२ जना घर फर्किए

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएको जनाएको छ।

बेपत्ता भएर घर फर्कनेहरुमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, बर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिनाओखलढुङ्गाका गोपी भट्टराई, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर रहेका छन् ।

आयोगका प्रवक्ता विष्णु पाठकका अनुसार बेपत्ता व्यक्तिका परिवारले राहत स्वरुप लिएको १० लाख फिर्ता गर्नपर्ने प्रतिक्रिया दिएका थिए ।

...

बालसेनाद्वारा सर्वोच्चमा रिट

थाइल्यान्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनी शैलीमा त्रिभुवन विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन बिष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

संविधानले दिएको स्वतन्त्रता र समानताको हक उलंघन गर्दै सरकारले आफूलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट नरोक्न आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए।

उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, गृहमन्त्रीका विशेष सल्लाहकार सूर्य सुवेदी, अध्यागमन विभाग र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

गत भदौ ८ मा त्रिभुवन विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा उनलाई अध्यागमनका कर्मचारीहरुले राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको छाप लगाई बोर्डिङ पाससमेत खोसेका थिए ।

...

एसियाडमा नेपाललाई रजत पदक

नेपालले इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा पहिलो पदक जितेको छ। प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपाल दोस्रो हुँदै रजत पदक जितको थियो भने जापानले स्वर्ण जित्यो।

पहिलो पटक एसियाडमा नेपालको तर्फबाट समावेश भएको प्याराग्लाईडिङ नेपाली टोलीमा विमल अधिकारी, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागि थिए ।

...

Hari Prasad Rimal passed away at his home.
Hari Prasad Rimal passed away at his home. Source: RSS

हरिप्रसाद रिमालको निधन

गायक तथा अभिनेता हरिप्रसाद रिमालको बिहीबार आफ्नै निवासमा निधन भएको छ। २००७ सालमा मेरो दिल टुक्रा बनेर एक दिनबोलको गीत रेकर्ड गराई रेडियो नेपालको पहिलो गायक बनेका उनी लामो समयदेखि क्रोनिक ब्रोन्काइटिसबाट पीडित थिए।

विसं १९८२ असोज ५ मा जन्मिएका उनले मुकुन्द इन्दिरा’, ‘प्रह्लाद’, ‘ऊ मरेकी छैनराजेन्द्रलक्ष्मीलगायत नाटकमा अभिनय गरेका थिए । त्यस्तै उनले फगत एक नजरमा, कसले लियो मन’, ‘बिनाबादल असिना झर्दैनजाऊँ हामी बादलपारिलगायत गीतहरुमा स्वर दिएका थिए ।

उनले विसं २०२१ सालमा बनेको नेपालको पहिलो फिल्म ‘आमा’ बाट फिल्ममा अभिनय सुरु गरेका थिए।

आमा’, ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘सिन्दुर’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘पिरती’, ‘शिलु’, ‘ज्वालालगायतका फिल्ममा उनले अभिनय गरेका थिए । उनका दुई छोरा र दुई छोरी छन्।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now