कोरोनाभाइरसका नयाँ प्रकारहरू थप सङ्क्रमणकारी

A 3-D render of the COVID-19 virus.

A 3D render of the COVID-19 virus. Source: Getty

कोभिड-१९ ले विश्वको ध्यान खिचेको झन्डै १८ महिना बितिसक्दा पनि यसबाट प्रभावित हुने क्रम विश्वभर नै जारी छ।


चीनको वुहान शहरबाट फैलिन सुरु गरेको कोरोनाभाइरसका कारण संसारभर हालसम्म करिब ४० लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने करोडौँ बिरामी भएका छन्। 

समयको गतिसँगै उक्त जीवाणुले आफूलाई परिष्कृत बनाउँदै लगेको वैज्ञानिकहरूको भनाई सार्वजनिक हुने क्रम जारी रहँदा डेल्टा नाम पाएको र अत्यधिक सङ्क्रमणदर रहेको भेरिएन्ट अस्ट्रेलिया सहित अन्य ८० भन्दा बढी देशहरूका लागि चिन्ताको विषय बनेको छ।

डेल्टा भेरिएन्टले द्रुत गतिमा मानिसहरूलाई सङ्क्रमित गर्दै आफ्नो फैलावटलाई विस्तार गर्ने भएकोले पनि स्वास्थ्य अधिकारीहरूका लागि यो एक टाउको दुखाइको विषय बन्न पुगेको छ।

पहिलो पटक भारतमा फेला परेको उक्त भेरिएन्ट हाल बेलायत र रुसमा अत्यधिक रूपमा सक्रिय रहेको स्थानीय अधिकारीहरूको भनाई छ। 

यी दुई देशको आधिकारिक तथ्याङ्कका अनुसार ब्रिटेनमा देखिएका नयाँ सङ्क्रमण मध्ये ९९ प्रतिशतमा डेल्टा प्रारूपको कोरोनाभाइरस पाइएको छ भने रसियामा पनि झन्डै ९० प्रतिशत नयाँ मामिलाहरूमा डेल्टा नै प्रमुख रहेको बताइएको छ।

बेलायतको जनस्वास्थ्य विभागले गरेको एक अनुसन्धानमा डेल्टा भेरिएन्टको औसत प्रजनन दर ६ प्रतिशत रहेको देखाएको छ जबकि कोरोनाका अन्य प्रारूपहरूको प्रजनन दर औसतमा दुईदेखि तीन रहेको छ।

सरल भाषामा यसको अर्थ डेल्टा भेरिएन्टबाट सङ्क्रमित एक व्यक्तिले औसत अन्य ६ व्यक्तिलाई बिरामी बनाउन सामर्थ्य राख्छ।

यसबारे थप रिपोर्ट सुन्नुहोस्: null

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now