अस्ट्रेलियामा जाडो याम सुरु भएसँगै फ्लु सिजन पनि सुरु भइसकेको छ। गत वर्ष रुघाखोकी जस्ता फ्लु सम्बन्धी विभिन्न समस्याका कारण १७ सय भन्दा बढी अस्टेलियनहरुको ज्यान गएको तथ्याङ्क रहेकोमा, यस वर्षको चिसो मौसममा रोग प्रतिरोधी बन्न के गर्न सकिन्छ त? सिड्नी स्थित जीपी प्रबिन पाठक ६ महिना भन्दा माथिका सबैले फ्लु भ्याक्सीन लगाउन सुझाव दिन्छन्। सुपर-के फ्लु भनेको के हो, कस्ता व्यक्तिले फ्लु सट लगाउनु पर्छ, रुघाखोकी लाग्दा कुन अवस्थामा डाक्टर कहाँ जाने? यी र यस्तै विषयमा डा पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
Share





