मधुमेह अस्ट्रेलियामा धेरै सामान्य र बढ्दो अवस्थामा रहेको स्वास्थ्य समस्याका रूपमा रहेको बताइन्छ। अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि यो बढ्दो रूपमा देखा परेको सिड्नीस्थित जीपी डाक्टर प्रबिन पाठक बताउँछन्। चलनचल्तीमा ‘डाइबेटीज’ र ‘सुगर’ भनिने मधुमेहका लक्षण र उपचार के हुन् त? अनि तपाईँको घरमा कसैलाई डाइबेटिज छ भने चाहिँ, तपाईँले के कुरामा ध्यान दिनु पर्छ? यिनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
Share





