बीएमसी पब्लिक हेल्थद्वारा गरिएको एक अनुसन्धानले अस्ट्रेलियाका दक्षिण एसियाली आप्रवासीहरूले यहाँको स्वास्थ्य सेवाहरू भरपर्दो भएको महसुस गरे पनि, उनीहरूलाई सेवाहरू महँगो भएको र पर्खने समय धेरै लामो भएको लाग्ने खुलाएको छ। त्यसो भए अस्ट्रेलियामा बस्ने नेपाली समुदायले स्वास्थ्य सेवा कहाँ लिने गरेका छन्? के उनीहरू आफ्ना जीपी कहाँ जान्छन् कि नेपाल मै हेल्थ चेकअप गर्न मनपराउछन् त? अनि चेकअप गर्न नेपाल जाने समय पर्खँदा चाहिँ के कस्ता जटिलताको सामना गर्नुपर्छ त? सुनौँ अस्ट्रेलियामा कार्यरत नेपाली मूलका स्वास्थ्यकर्मी तथा समुदायका सदस्यहरूबाट।
यहाँ व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नै चिकित्सकलाई सम्पर्क गर्नु होला।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





