शनिबारका सिड्नी प्रदर्शनकारीहरु बारे प्रहरीलाई १० हजारले गरे फोन

Maandamano dhidi ya amri yakufungiwa ndani Sydney

Polisi wa NSW wakabiliana na waandamanaji wa amri yakufungiwa ndani Sydney, NSW Source: AAP

न्यु साउथ वेल्स प्रहरी कमिश्नरका अनुसार लकडाउन विरोधी प्रदर्शनमा संलग्नहरुबारे समुदायमा समर्थन नरहेको प्रष्ट हुनुका साथै आगामी दिनहरुमा यस्ता प्रदर्शनमा सहभागी हुनेहरुलाई हिरासतमा लिईने चेतावनी पनि उनले दिएका छन्।


गत शनिबार, २४ मे, को दिन सिड्नीमा आयोजना भएको लकडाउन विरोधी प्रदर्शनमा उपस्थित रहेका मध्ये झन्डै १०० जनाको नाममा जरिवानाको नोटिस जारी गरिएको न्यु साउथ वेल्स प्रहरीका प्रमुखले बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणलाई फैलन बाट रोक्न भन्दै देशका बिभिन्न राज्य र प्रादेशिक सरकारहरु द्वारा लागु गरिएका लकडाउन लगायतका प्रतिबन्धहरुको विरोधमा बिभिन्न शहरहरुमा प्रदर्शन भएका थिए।

तर सिड्नी र मेलबर्नका प्रदर्शनमा चाहिं प्रहरी र केहि प्रदर्शनकारीहरु बीच झडप भएको रिपोर्ट पनि आएका थिए।

न्यु साउथ वेल्स प्रहरी कमिश्नर मिक फ़ुलर भन्छन सिड्नी प्रदर्शनमा संलग्नहरु बारे जानकारी प्रदान गर्न प्रहरी द्वारा समुदायमा गरिएको आग्रह पछि १० हजार जनाले बिभिन्न जानकारीका साथ् क्राइम स्टप्पर्सलाई फोन गरेका छन्।

साथै, आगामी शनिबार पनि यस्तै प्रदर्शन दोहरिन सक्ने जानकारीहरु हाल इन्टरनेटमा रहेकोबारे प्रहरीलाई जानकारी रहेको र त्यस्ता गतिविधिमा संलग्न हुनेहरुलाई हिरासतमा लिइने चेतावनी पनि कमिश्नर ले दिए।

NSW Police Commissioner Mick Fuller speaks to media during a COVID-19 update in Sydney, Monday, June 28, 2021. (AAP Image/Joel Carrett) NO ARCHIVING
NSW Police Commissioner Mick Fuller speaks to media during a COVID-19 update in Sydney, Source: AAP

अर्को तर्फ लकडाउन, खोप र मास्कहरुको विरोध गर्नेहरुको संलग्नता रहेको प्रदर्शनको अधिकारीहरु द्वारा कडा आलोचना गरिएको छ।

३,५०० भन्दा बढीको सहभागिता रहेको भनिएको सिड्नी प्रदर्शनका कारण कोरोनाभाइरस सङ्क्रमण थप फैलन सक्ने चिन्ता पनि स्वास्थ्य अधिकारीहरुको चिन्ता रहेको छ।

न्यु साउथ वेल्समा गत जुन महिना देखि सुरु भएको कोरोनाभाइरसको डेल्टा सङ्क्रमणको लहर अन्तर्गत सोमबार बेलुका ८ बजे सम्मको २४ घण्टामा थप १४५ जनामा कोभिड-१९ पुष्टि भएको छ।

वृहत सिड्नी देखि सेन्ट्रल कोस्ट, वुलंगंग र शेलहार्बर सम्म पनि लकडाउन सुरु भएको पाचौं हप्ता प्रवेश गर्दा, शनिबारको प्रदर्शनमा सहभागी भएकाहरु माथि कारवाही हुने चेतावनी न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेजिक्लियनका साथै राज्य प्रहरीको पनि भनाइ रहेको छ।

आफ्नो दैनिक पत्रकार सम्मेलनको क्रममा बोल्दै प्रिमियरले उक्त प्रदर्शन प्रति आफु धेरैनै दुखित भएको बताएकी छन्।

Gladys Berejiklian has urged residents of Greater Sydney to follow the lockdown rules as NSW's COVID-19 case numbers continue to rise.
Gladys Berejiklian has urged residents of Greater Sydney to follow the lockdown rules as NSW's COVID-19 case numbers continue to rise. Source: AAP

प्रहरीका अनुसार, प्रदर्शनको क्रममा प्रहरीसंग झडप गर्नेहरु देखि अन्य नियमहरुको पालना नगरेको आरोपमा १०० जना भन्दा बढीलाई जरिवाना तिराइएको छ भने ५७ जना माथि बिभिन्न अपराधका आरोप दर्ता गराइएको छ।

साथै, प्रदर्शनमा समल्ग्नहरुको पहिचान गर्न बाइस प्रहरी अनुसन्धानकर्ताहरुको एक कार्यदल स्थापना गरिएको छ।

प्रदर्शनकारीहरुलाई "स्वार्थी बेवकूफ" को संज्ञा दिंदै न्यु साउथ वेल्सका प्रहरी मन्त्री डेभिड एलिय़ट ले प्रदर्शनमा संलग्न सबैले कोरोनाभाइरसको लागि जांच गराउन जरुरी रहेको बताएका छन्।

कोरोनाभाइरसका कारण हाल न्यु साउथ वेल्समा लागु गरिएको घर मै बस्ने आदेश र लकडाउनका अन्य नियम र पछिल्ला समाचार र स्वास्थ्य जानकारीहरुका लागि हाम्रो वेबसाइट हेर्नुहोला


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now