कोरोना सङ्कट: भिक्टोरियामा एकै दिन थप १० नयाँ मामिला, एज्ड केयर होम र किन्डरगार्टेनमा लकडाउन

मेलबर्नमा रहेको एक वृद्ध स्याहार केन्द्र तथा एक बाल सदनमा कार्यरत कर्मचारीहरू कोभिड-१९ सङ्क्रमित भएको पाइएपछि ती संस्थाहरू बन्द गरिएका छन्।

Dr Annaliese van Diemen, Victoria Deputy Chief Health Officer (Communicable Disease) gives an update on the coronavirus (COVID-19) pandemic in Melbourne,

Dr Annaliese van Diemen, Victoria Deputy Chief Health Officer (Communicable Disease) gives an update on the coronavirus (COVID-19) pandemic in Melbourne, Source: AAP

उत्तरी मेलबर्न स्थित एम्ब्रेसिया एज्ड केयरमा काम गर्ने एक स्याहारकर्ता तथा सहरको पूर्वोत्तरमा पर्ने मक्लियोडमा रहेको एक प्रिस्कूलका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि ती दुई केन्द्रहरू लकडाउनमा परेका हुन्।

रिजर्भोएरमा रहेको उक्त वृद्ध स्याहार केन्द्रका सम्पूर्ण बासिन्दा एवं कर्मचारीहरूको मङ्गलवार कोभिड-१९ का लागि परीक्षण हुने बताइएको छ भने मक्लियोड प्रिस्कूललाई पूर्णरुपले सरसफाइ गर्न बन्द गरिएको बताइएको छ।

यी दुई नयाँ मामिलाहरूसँगै भिक्टोरिया राज्यमा हालसम्म कुल १,१६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।

यसै गरी, मेलबर्न सहरको मध्य भागमा अवस्थित रिजेस अन स्वान्स्टन होटेलमा थप चार जनालाई कोभिड-१९ सङ्क्रमण भएको पाइएको छ। यो पछिल्लो आँकडा सहित उक्त होटेलमा फैलिएको सङ्क्रमणबाट हालसम्म १२ जना प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

बाँकी थप चार मामिलाहरू भने गाडी चलाएर परीक्षण गर्न मिल्ने ड्राइभ थ्रु क्लिनिक वा कोरोना परीक्षण कै लागि भनेर छोटो समयका लागि स्थापित पप-अप क्लिनिकहरू मार्फत पत्ता लागेको पनि राज्यका स्वास्थ्य अधिकारीहरूले स्पष्ट पारेका छन्।

किन्डरगार्टेनकी शिक्षिकाले आफूलाई कोभिड-१९ का लक्षणबाट ग्रसित भएको शङ्का लागेर परीक्षणका लागि अगाडी आएकोमा भिक्टोरियाली स्वास्थ्य अधिकारीहरूले उनको सराहना गरेका छन्।

मेलबर्नमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा यस बारे बोल्दै भिक्टोरियाका चिकित्सकीय उप-प्रमुख अन्नालिस भान डिमनले उक्त प्रिस्कूल शिक्षिकाले आफ्नो परीक्षण गराएर राम्रो काम गरेको बताएकी हुन्।

“हामीले भिक्टोरियालीहरूबाट राखेको अपेक्षा अनुरूप नै उनीहरू लक्षण देखा पर्ने बित्तिकै परीक्षणका लागि अगाडी आएका हुन् र त्यसको नतिजा नआउन्जेल उनीहरू घरमै नै बसे,” उनले भनिन्।

Homeland Report 1805
Source: Courtesy of ER

भान डिमनका अनुसार रिजेस होटेलमा कसरी सङ्क्रमण सुरु भयो भनेर हालसम्म पत्ता लागिसकेको छैन र स्वास्थ्य अधिकारीहरूले यसबारे सावधानीपूर्वक आफ्नो काम कारबाही जारी राखेका छन्।

उनका अनुसार राज्यका अधिकारीहरूले उक्त होटेलका अधिकांश कर्मचारीहरूलाई क्वारेनटिनमा बस्न आदेश जारी गरेका छन् र त्यहाँका पाहुनालाई अन्य होटेलमा स्थानान्तरण गरिसकिएको छ।

“हामीलाई के थाहा छ भने होटेलमा विदेशबाट आएका मानिसहरूको माध्यमबाट सङ्क्रमण भएको हो तर त्यहाँ कार्यरत कर्मचारीमा चाहिँ कसरी रोग सर्‍यो भनेर हाल अनुसन्धान जारी छ,” अन्नालिस भान डिमनले भनिन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

 


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now