SKIP TO MAIN CONTENT
Walking With The Wounded Mount Everest expedition

This article is more than 3 years old

लुक्लामा ट्रेकिङ जाने क्रममा एक अस्ट्रेलियाली पर्यटकको मृत्यु

लुक्लाको तुम्लिङ्गटार तर्फ ट्रेकिङ जाने क्रममा ६३ बर्सिया अस्ट्रेलियाली नागरिकको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

सोमबार बिहान रामेछापबाट समिट एयरको विमान चढेर लुक्ला पुगेको उनी सहितको टोली तुम्लिङ्गटार तर्फ ट्रेकिङका लागि हिँडेको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम किशोर शाहले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताए।

“ट्रेकिङका क्रममा उनी एक्कासि बिरामी परेको र त्यही समूहमा रहेका अस्ट्रेलियन चिकित्सकले उपचार गर्दा गदै मृत्यु भएको भन्ने खबर आएको छ,” प्रहरी निरीक्षक राम किशोर शाहले भने।

उनको मृत्युको कारण भने खुलेको छैन।

Virus Outbreak Everest Expeditions
Mt Everest is seen from Namche Bajar, Solukhumbu district, Nepal. Source: AP / Niranjan Shrestha/AP

यता अस्ट्रेलियाको विदेश मामिला विभागले (डिफ्याट) उक्त घटनालाई पुष्टि गरेको छ।

एक विज्ञप्ति मार्फत विभागका प्रवक्ताले “नेपालमा मारिएका अस्ट्रेलियन नागरिकका परिवारलाई कन्सुलर सेवा प्रदान गरिरहेको”बताएका छन्।

“हामी मृतक परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौ।” विज्ञप्तिमा भनिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now