SKIP TO MAIN CONTENT

अक्टोबरमा लगभग २ लाख अस्ट्रेलियालीहरूले जागिर पाउँदा सकारात्मकताको लहर

अक्टोबरको महिनामा रोजगार पाउने मानिसहरूको संख्या अप्रत्याशित रूपमा बढे तापनि बेरोजगार दर भने झन्डै ७ प्रतिशत पुगेको थियो।

The jobless rate rose to seven per cent in October, even as 178,800 people joined the workforce.
The jobless rate rose to seven per cent in October, even as 178,800 people joined the workforce. Source: AAP

2 min read

Published

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

अर्थशास्त्रीहरूले नयाँ काम पाउने व्यक्तिहरूको सङ्ख्या ३०,००० ले घट्ने अनुमान गरे तापनि गत अक्टोबरमा करिब १७८,००० जनाले जागिर पाएका थिए। 

तर रोजगारको खोजीमा रहेका मानिसहरूको सङ्ख्या पनि बढ्दा भने बेरोजगार दर ६.९ प्रतिशतबाट ७ प्रतिशतसम्म बढेको हो।

"बेरोजगारी दरलाई कम गर्नका लागि अझ धेरै काम गर्न बाँकी नै छ, तर हामी अहिले आशावादी हुन सक्छौँ।", कमनवेल्थ सेक्युरिटीका प्रमुख अर्थशास्त्री क्रेग जेम्सले भने।

"रोजगार अवसरका विज्ञापनहरूमा भएको पछिल्लो तीव्र वृद्धि पछि आउँदो समयमा धेरै भन्दा धेरै मानिसहरुले काम गर्ने छन्।"

कामको खोजिमा लागेका मानिसहरूको दर भने ६४.९ प्रतिशतबाट ६५.८ प्रतिशतमा उक्लेको हो। यो यस वर्षको मार्च महिना यताकै अधिकतम सङ्ख्या हो। 

त्यस्तै, मार्चमा रोजगार रहेका मानिसहरूको तुलनामा अहिले रोजगार दर मात्र १.७ प्रतिशतले कम रहेको पनि अस्ट्रेलियाली तथ्यांक विभागले बताएको छ।

अक्टोबर महिनामा फुल-टाइम जागिरमा आवद्ध मानिसहरूको सङ्ख्या ९७,००० ले बढेको थियो भने थप ८१,८०० जना पार्ट-टाइम काम गर्न थालेका थिए।

A woman a a job interview
A woman a a job interview Source: Getty Images

गत जुलाईको ७.५ प्रतिशत बेरोजगार दर २२ वर्षमा पहिलो पटक देखिएको थियो। यस वर्षको अन्त्यसम्म उक्त दर ८ प्रतिशतसम्म बढ्ने ट्रेजरी र रिजर्भ बैङ्कको अनुमान छ।

अक्टोबर महिनामा अन्य राज्यको तुलनामा बढी रहेको तास्मेनिया, क्विन्सल्याण्ड र भिक्टोरियाको बेरोजगारी दर क्रमश ८.२, ७.७ र ७.४ प्रतिशत थिए।

अहिलेका लागि धेरै भन्दा धेरै मानिसहरूलाई जागिर प्रदान गर्ने प्रथामिकता रहेको रिजर्भ बैङ्कको भनाइ छ।

बेरोजगारी दर ५ प्रतिशतको हाराहारीमा पुर्याउने लक्षलाई हासिल गर्नका लागि सन् २०२२ सम्म पर्खनु पर्ने पनि बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now