Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

समस्यामा परेका नेपालीलाई सहायता सेवा उपलब्ध

people participating in multicultural training

बहुसांस्कृतिक समुदायका सदस्यहरूलाई घरेलु हिंसा,मानसिक स्वास्थ्य वा अन्य कुनै पनि किसिमको समस्यामा परे सहयताका लागि थुप्रै सङ्घ संस्था उपलब्ध रहेका छन् ।


Published

Updated

By SBS Nepali

Presented by Krishna Pokharel

Source: SBS




Share this with family and friends


बहुसांस्कृतिक समुदायका सदस्यहरूलाई घरेलु हिंसा,मानसिक स्वास्थ्य वा अन्य कुनै पनि किसिमको समस्यामा परे सहयताका लागि थुप्रै सङ्घ संस्था उपलब्ध रहेका छन् ।


 


प्रमुख बिषय

  • समुदायमा घरेलु हिंसा र मानसिक स्वास्थ्य प्रमुख समस्या
  • समस्यामा परेका नेपालीलाई सहायता सेवा उपलब्ध

न्यू साउथ वेल्स अन्तर्गत फेडरेसन अफ कम्युनिटी ल्याङवेज स्कुलमा बहु सांस्कृतिक समुदाय सँगको समन्वयकर्ताको भूमिका रहेका लिजन मास्केले नेपाली समुदायमा पछिल्लो समय घरेलु हिंसा ,मानसिक स्वास्थ्य साथै लागु औषध र जुवा जस्ता समस्या रहेको बताए । 

“घरेलु हिंसा सँगै पछिल्लो समय कोभिड–१९ का कारण मानसिक स्वास्थ्य समस्या पनि नेपालीहरूमा बढी देखिन्छ ।” 

उनको संस्थाले यस्तो समस्या लिएर आउने नेपाली समुदाय वा अन्य जुनसुकै समुदायको समस्याहरू समाधानका लागि सरकारी निकाय सम्म पुर्‍याउन सहयोग गर्ने गरेको बताए ।

NSW Federation of Community Language Schools Inc.
Source: Supplied

“समस्या लिएर आएकालाई दोभासेको जरुरत रहे सहयोग गर्ने र समस्या समाधानको बाटो देखाउने काम हामी गछौ । ” उनले भने ।

विभिन्न सामाजिक संस्थाहरूको तथ्याङ्कले अस्ट्रेलियामा घरेलु हिंसा वा यौन सम्बन्धी हिंसा पछिल्लो समय बढेको देखाउँछ ।

मिसन अस्ट्रेलियाको तथ्याङ्क लाई आधार मान्ने हो भने १६ प्रतिशत महिलाहरू कुनै न कुनै तवरबाट आफ्नो पुरुष पार्टनरबाट हिंसामा पर्ने गरेको देखिएको छ । 

महिला मात्र नभएर कतिपय अवस्थामा पुरुषहरू पनि आफ्ना पार्टनरबाट हिंसामा पर्ने गरेका छन् । तथ्याङ्कका अनुसार कुल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत पुरुष आफ्ना पार्टनर बाट हिंसाको सिकार बनेका छन् । 

यसै गरी लागु औषध र जुवा पनि बहु सांस्कृतिक समुदायमा जल्दो बल्दो समस्याका रूपमा रहेका छन् ।

आप्रवासी समुदायमा समस्यामा परे कसरी आफूलाई जोगाउने वा समस्याका समाधानका लागि कुन निकायमा जाने भन्ने कुरामा सबैभन्दा धेरै दुबिधा हुने गरेको छ । 

अझै अङ्ग्रेजी भाषा कम जान्ने वा नजान्नेका हकमा हिंसा भएमा सम्बन्धित निकाय समक्ष पहुँच मै समस्या देखिने गरेको छ । 

बहुसास्कृतिक समुदायका यीनै समस्याको समाधानका लागि फेडरेसन अफ कम्युनिटी ल्याङवेज  स्कुल जस्तै संस्थाहरूले सहयोग पुर्‍याउने गरेका छन् । 

आफ्नो संस्थाले नेपाली लगायत अन्य आप्रवासिहरुलाई अस्ट्रेलियाली समाज सँग घुलमिल गर्न मद्दत पुर्‍याउने लिजन मास्के बताउँछन् । 

“समुदायको आवश्यकता हेरी बेला बेलामा तालिम र वर्कसपहरू आयोजना गछौ”उनले बताए ।

नेपाली समुदायलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको भन्दै समस्याको पहिचान गर्न र समाधानका लागि आवश्यक कदमका लागि पहल गर्ने प्रतिबद्धता गरे ।

उनले समस्यामा परेकाहरूलाई आफू सँग समर्पक गर्न समेत आह्वान गरेका छन् । उनको संस्थाले नेपाली सामुदायिक कार्यक्रमका  लागि बिना शुल्क हलको समेत व्यवस्था गरिदिने गरेको उनले बताए । 

फेडरेसन कम्युनिटी ल्याङवेज स्कुललाई न्यू साउथ वेल्स अन्तर्गतको बहुसास्कृतिक विभागले सहयोग गरेको छ । 

लिजन मास्के सँग सम्पर्क गर्न डलवीच हिलमा  रहेको फेडरेसन कम्युनिटी ल्याङवेज स्कुलमा सम्पर्क गर्न सक्नुहुन्छ अथवा उनको इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now