SKIP TO MAIN CONTENT

अस्ट्रेलिया डे: कतै खुसीयाली, कतै शोक

आज २६ जनवरी,अर्थात् अस्ट्रेलिया डे । अस्ट्रेलियाको भूभागमा ब्रिटिस उपनिवेशको आगमन भएको दिनका रूपमा आजको दिनलाई लिइन्छ । आज अस्ट्रेलियाका विभिन्न भागमा खुसीयाली सँगै शोक,विरोध र प्रर्दशनहरु भएका छन् ।

Protesters have gathered an Invasion Day rally in The Domain in Sydney.
Protesters have gathered an Invasion Day rally in The Domain in Sydney. Source: AAP

2 min read

Published

Updated

Presented by Krishna Pokhrel



Skip to article content

 

आज अस्ट्रेलिया भर “अतिक्रमण दिवस”लाई लिएर शान्तिपूर्ण विरोध प्रदर्शन र सभाहरू  भएका छन् ।

न्यु साउथ वेल्स राज्यको सिड्नीमा करिब एक हजार मानिसहरू सहभागी भएको सभामा प्रहरीले हस्तक्षेप गरेपछि आयोजकहरूले कार्यक्रम स्थगित भएको जनाएका छन् ।

कोभिड–१९ स्वास्थ्य आदेश जारी रहँदा आयोजकले सभाको अनुमति नलिएको बताइएको छ ।

प्रहरीले विरोध सभामा सहभागी दुई जनालाई पक्राउ गरेको छ ।

यता मेलर्वनमा पनि विरोध सभाहरू भएका छन् ।

कोरोना भाइरस सम्बन्धी प्रतिबन्ध जारी रहँदा प्रदर्शनमा आएकाहरूलाई कोभिड मार्सलहरूले एक–एक सय जनाको समूहमा विभाजित गरेका छन् ।

प्रर्दशनकारीहरुको समूहहरू १० मिटरको दुरी कायम गरी भेला भएका थिए ।

उक्त विरोधमा भाग लिन करिब ३५ सय मानिसहरूले सामाजिक सञ्जाल मार्फत सहमति जनाएका थिए ।

उनीहरूले अस्ट्रेलिया डेको उन्मुलनको माग गरेका थिए ।

यता क्यानबेरामा संसद् भवन अगाडी ठुलो सङ्ख्यामा मानिसहरू भेला भई शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

विपक्षी दलका नेता एन्थोनि अल्बानेजीले २६ जनवरीलाई लिएर हुँदै आएको विवादमा जनमतसंग्रह आवश्यक पर्ने बताएका छन् ।

उनले विवादको अन्त्य गर्न र आदिवासी अस्ट्रेलियनहरूको सबैधानिक मान्यतामा जनमत सङ्ग्रह गर्नु पर्ने बताए ।

 

नया नागरिकलाई स्वागत

यता आजकै दिन अस्ट्रेलियाले करिब १२ हजार नयाँ नागरिकहरूलाई स्वागत गदै छ ।

आज १ सय ३० भन्दा बढी देशका १२ हजार मानिसहरू अस्ट्रेलियाका नागरिक बनेका छन् ।

देशै भर आज “सिटीजनशिप सेरोमेनी” भएका छन् । कोरोना भाइरसका कारण कतिपय मानिसहरू अनलाइन मार्फत उक्त कार्यक्रममा सहभागी भएका छन् ।

अघिल्लो वर्षको तुलनामा अस्ट्रेलियन डे मा नागरिकता लिनेहरू ५० प्रतिशत कम भएको बताइएको छ ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now