SKIP TO MAIN CONTENT

'ट्राभल बबल' सुरु हुँदा अस्ट्रेलियाको पर्यटन उद्योगमा टेवा पुग्ने आशा

यसै हप्ता सुरु भएको ट्रान्स–तास्मान बबल भनिने कार्यक्रमका कारण अस्ट्रेलिया र न्यूजल्याण्ड बीचको उडानले तीव्रता लिइरहेको छ,यद्यपि पर्यटन उद्योग पहिलेकै अवस्थामा पुग्न भने अझै केही समय लाग्ने बताइन्छ ।

plane
Source: Pixabay

2 min read

Published

By Abby Dinham

Presented by Krishna Pokhrel



Skip to article content

ट्रान्स-तास्मान बबल अर्थात् बिना क्वारेन्टिन अस्ट्रेलिया र न्यूजल्याण्ड बिचको यात्रा सुरुवात भएपछि मेलबर्न विमानस्थलमा खुसीयालीका साथ नाचगानको कार्यक्रम देखियो ।

लरेन यङ र उनकी दुई बर्सिया छोरी पनि ट्रान्स तास्मान बबलको फाइदा लिँदै विमानस्थलमा उत्रने मध्येमा परेका छन् ।

लरेन भन्छिन् “निकै उत्साहित छु किनकी निकै लामो समयको प्रतीक्षा पछि यो सम्भव भएको हो ।”

ट्राभल एजेन्ट क्लडीया रोसी भन्छिन् कि पछिल्लो समय न्यूजील्याण्डको यात्राका बारेमा जिज्ञासा राख्नेहरूको भिड ठुलै छ ।

उनको भनाइमा कतिपय यात्रुहरू चनाखो पनि बनिरहेका छन् र ट्राभल बबल प्रति मानिसहरूको विश्वास बढेसँगै यात्रा गर्नेहरूको सङ्ख्यामा पनि वृद्धि हुने उनले आशा राखेकी छन्  ।

Passengers from New Zealand arrive at Sydney International Airport in Sydney,
Passengers from New Zealand arrive at Sydney International Airport in Sydney, Source: AAP

न्यूजल्याण्ड, यो वर्ष अस्ट्रेलियन पर्यटकहरूबाट ९ करोड २० लाख डलर बराबरको आम्दानी गर्ने कुरामा विश्वस्त छ ।

 

जब कि महामारी भन्दा अघिका सालहरूमा यो आम्दानी करिब दुई अर्ब ५० करोड बराबरको थियो ।

टुरिजम र ट्रान्सपोर्ट फोरमकी  मार्गी ओस्मान्ड भन्छिन् कि ट्राभल बबलले विमान कम्पनीका कर्मचारीहरूलाई जागिरमा फर्काउन मद्दत गर्नेछ ।

“अवस्था यस्तो छ कि करिब ६ लाखको सङ्ख्यामा न्यूजील्याण्डरहरु यहाँ छन् र करिब ७५ हजार अस्ट्रेलियाली न्यूजील्याण्डमा छन् र उनीहरू यहाँ र वहाँ यात्रा गर्नेछन् ।”

तर अस्ट्रेलियन  पर्यटन उद्योगले पहिलेकै रुप लिन भने एसियासँगको सीमा खुल्नु जरूरी हुनेछ।

सामान्य वर्षमा करिब १३ लाख किवी अर्थात् न्यूजल्याडवासीहरु अस्ट्रेलिया आउने गर्दछन् र उनीहरुले सरदर करिब २ हजार डलरसम्म खर्च गर्छन्। 

जब कि यस्तै सङ्ख्यामा चीनबाट पनि पर्यटकहरू आउने गर्दछन् तर उनीहरूले एक व्यक्ति बराबर ९ हजार ३ हजार बराबरको रकम खर्चने गर्दछन् ।

यस कारण चिनियाँ पर्यटक  अस्ट्रेलियाका लागि तिन गुणा फाइदाजनक रहेको देखिन्छ ।

मार्गी ओस्मान्डको आशा छ कि अन्य क्षेत्रमा पनि ट्राभल बबलको शीघ्र सुरुवात हुनेछ ।

ट्रान्स-तास्मान यात्राका लागि सोचिरहेकालाई सुखद समाचारको रुपमा यात्रा शुल्कमा कमी पनि एक हो।

According to the Major Events Act, selling ticket for more than 10 per cent of its price can attract penalties of up to $525,000
Airplane ticket Source: Getty Images

ट्राभल बबल सुरु हुँदा विमानको भाडा दर निकै महँगो थियो।

फाईन्डरका आर्थिक विज्ञ टेलर ब्लाकबर्न भन्छन् अहिले उडानहरू नियमित हुँदा भाडा दर सस्तो हुँदै गइरहेको छ ।

“ट्राभल बबल सुरु हुन लाग्दा देखि नै शुल्कमा गिरावट देखिएको छ र अहिले त थुप्रै  छान्न मिल्ने अवसरहरू छन् । ”

विज्ञहरू सल्लाह दिन्छन् कि यात्राका लागि बुकिङ गर्दा राम्ररी छान्नुहोस् तर ढिला भने नगर्नुहोस होस किनकि विद्यालयहरू बिदा हुँदा बस्ने होटेल लगायत स्थानहरूको मूल्य  भने चर्को हुँदै गइरहेको छ ।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न हाम्रो पोडकास्टको नि:शुल्क ग्राहक बन्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now