SKIP TO MAIN CONTENT

२५ औं जीएनसी फुटबल प्रतियोगितामा बेनी एफसीको अग्रता कायम

यस वर्षको फुटबल सिजनको मध्य भागमा आइपुगेको जीएनसी प्रतियोगिताले, सदाझैँ यसपल्ट पनि खेल प्रेमीहरूलाई विभिन्न टोलीबिचको कडा प्रतिस्पर्धा र आकर्षक खेल कौशल पस्केको छ।

IMG_8494.jpeg
The GNC competition has been running for the last 25 years, and participation has increased over the last few years. Credit: Supplied/ Prakash Ningleku

2 min read

Published

Updated

Source: SBS



Skip to article content

गत ७ डिसेम्बरमा, गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गरेको २५ औँ जीएनसी कप २०२३/२४ अन्तर्गतको सातौँ हप्ताको खेलहरू मध्येको एक प्रतिस्पर्धामा माछापुच्छ्रे एफसीले वेस्ट युनाइटेड एफसीलाई चार गोलको अन्तरले पराजित गरेको छ।

उक्त खेलमा माछापुच्छ्रे ४ गोल गर्न सफल भएको थियो भने युनाइटेडको टोली जवाफ फर्काउन असमर्थ रहेको थियो।

त्यस्तै, सोही दिनको खेलमा सेन्ट जोर्ज नेप्लिज क्लब ग्रयानभिल राइनोजलाई एकका विरुद्ध छ गोल गरी विजयी भएको छ। तर प्रिमियर लिग अन्तर्गत भएका खेल मध्येको त्यस दिन ठुलो अन्तरले जित पाउने उपाधि भने बेनी एफसीलाई गएको छ।

बेनी एफसीले गुर्खा वारियर्सलाई शून्यका विरुद्ध नौ गोलले पराजित गरेको थियो।

प्रिमियर लिगको अहिलेसम्मको तालिका अनुसार बेनी एफसि १८ अङ्कका साथ सबैभन्दा उच्च स्थानमा रहेको छ।

त्यसै गरी, अङ्क तालिकामा अहिले अन्तिम स्थानमा रहेको केम्प्सी एफसी सेन्ट जोर्ज फ्रेन्ड्सबाट पाँच गोलका साथ पराजित भएको छ।

यो वर्षको प्रतियोगितामा केम्प्सी एफसीले भाग लिएको ७ खेलहरूमै पराजित रहेकाले आउँदो हप्ता यसमा केही सुधार हुने आशा सिड्नीको मध्य भागमा रहेको यस क्लबका समर्थकहरूले गरेका छन्।

IMG_8494.jpeg
खेल्नु अघि खेलाडीहरु शारिरीक व्यायम गर्दै।

त्यसै गरी, अर्को एक खेलमा फेवा एफसीले ३ गोल गरी सगरमाथा एफसी विरुद्धको खेलमा जित प्राप्त गरेको छ। सगरमाथा एफसीले भने २ गोल मात्र फर्काउन सफल भएको थियो।

प्रिमियर लिग अन्तर्गत भएका ६ खेलहरू मध्ये द राइजिङ गुर्खा र प्यारा पार्क बिचको खेल मात्र बराबरीमा टुङ्गिएको थियो। दुवै टोलीले १-१ गोल गरेका थिए।

प्रतियोगिताको माइनर लिग अन्तर्गत भएका दुई खेलमध्ये पहिलो खेलमा द ब्रिगेड गुर्खालाई हर्नस्बी नर्थले २ का विरुद्ध ३ गोलले पराजित गरेको छ।

यसै गरी माइनर लिगको अङ्क तालिकामा १३ अङ्कका साथ सबैभन्दा माथि रहेको क्लब नेपालले, एफसी डाँफेसँग १ गोलको अन्तरले विजयी भएको छ।

क्लब नेपालले यस खेलमा १ गोल गरेको थियो भने एफसी डाँफे भने गोल गर्न असमर्थ रहेको थियो।

साथै, जीएनसी फुटबल प्रतियोगिता अन्तर्गत त्यसै दिन भएको भेट्रन्स लिगमा भने सेन्ट जोर्ज फेन्ड्सले हिमालयन यूथ क्लबलाई ३ का विरुद्ध ६ गोल गरी विजयी भएको छ।

त्यसै गरी सेन्ट जोर्ज नेप्लिज क्लब भने प्यारा पार्क एफसीले गरेको ३ गोलका विरुद्ध १ गोल मात्र गर्न सकेकाले- उक्त खेलमा पराजित भई अङ्क तालिकामा पाँचौँ स्थानमा झरेको छ।

भेट्रन्स लिगमा- ३ अङ्कका साथ- सेन्ट जोर्ज फ्रेन्ड्स, प्यारा पार्क र मकार्थर नेप्लिज एफसी अङ्क तालिकामा अग्र स्थानमा रहेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now