गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी)ले आयोजना गर्ने गरेको जीएनसी कपले सन् २०२३ मा आफ्नो रजत जयन्ती वा २५ औँ वर्ष मनाइरहेको छ। पश्चिमी सिड्नीको चेस्टर हिलमा गत आइतबार, १५ अक्टोबरदेखि सुरु भएको यसपालिको फुटबल प्रतियोगितामा प्रिमियर लिगको लागि १२ वटा टोली रहेका छन् भने माइनर लिगका लागि १० टिमहरू छन्। यसबाहेक भेट्रन कप पनि आउँदो डिसेम्बरदेखि सुरु हुने क्लबको भनाइ छ। सन् २०२४ को मार्च महिनासम्म चल्ने भनिएको यस टुर्नामेन्ट तथा फुटबलमा नेपाली समुदायको 'सेकेन्ड जेनेरेसन'को बढ्दो सहभागिताको बारेमा संस्थाका राजीव प्रधान र सन्दिप रावलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





