SKIP TO MAIN CONTENT

कोभिड-१९ सङ्क्रमणको नयाँ रकेर्ड: न्यु साउथ वेल्समा ३५,०५४, भिक्टोरियामा १७,६३६ दैनिक सङ्क्रमण

न्यु साउथ वेल्स र भिक्टोरियामा कोभिड-१९ सङ्क्रमणमा ठुलो वृद्धि देखिएको छ।

COVID
People wear face masks as a measure against the COVID-19 pandemic in Melbourne. Source: Getty Images

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्सले दैनिक सङ्क्रमणको नयाँ रेकर्ड कायम गरेको छ।

 

बुधवार ३५,०५४ जनामा सङ्क्रमण पुष्टि भए सँगै कोरोनाभाइरसका कारण आठ जनाले ज्यान गुमाएका छन्।

 

मंगलबार कोभिड–१९ पुष्टि हुनेको सङ्ख्या २३,१३१ रहेको थियो।

 

अघिल्लो दिनको तुलनामा यो सङ्ख्या ११,९२३ ले बढी हो।

 

न्यु साउथ वेल्सका अस्पतालहरूमा हाल १,४९१ कोभिड-१९ सङ्क्रमितको उपचार भइरहेको छ।

 

अघिल्लो दिन यो सङ्ख्या १,३४४ रहेको थियो।

 

महामारी पछि यति धेरै सङ्ख्यामा सङ्क्रमित अस्पताल भर्ना भएको पहीलोपटक हो।

 

हाल सघन उपचार कक्षमा ११९ जनाले उपचार गराइरहेका छन्।

 

यता भिक्टोरियामा एकै दिन १७,६३६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११ जनाले कोभिड–१९ का कारण ज्यान गुमाउन पुगेका छन्।

 

मंगलबार राज्यमा १४,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

antigen rapid test
The ACCC lashes out at retailers who it says are price gouging COVID-19 rapid antigen tests. Source: STRMX

बुधवार बस्ने राष्ट्रिय मन्त्रीपरिषद् बैठकमा एन्टीेजेन परीक्षण किटको मूल्यका बारेमा जनचासोको विषयमा छलफल हुने बताइएको छ।

 

सोमबार प्रधानमन्त्री मोरिसनले निःशुल्क परीक्षण किट वितरण गर्न नसकिने बताएका थिए।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now