कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा ६५ प्रतिशत बढी सङ्क्रमित ४० वर्ष मुनिका

यो ३१ जुलाई २०२१, शनिवारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

NSW police check identifications at George St in front of the Sydney Town Hall in anticipation of an anti-lockdown rally in Sydney Sydney, Saturday, July 31, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING

NSW police check identifications at George St in front of the Sydney Town Hall in anticipation of an anti-lockdown rally in Sydney. Source: AAP Image/Mick Tsikas

मुख्य बुँदाहरू:

  • दक्षिण पश्चिम र पश्चिम सिड्नीमा सङ्क्रमितको सङ्ख्या अझै पनि उच्च
  • भिक्टोरियामा फाइजर खोपको दोस्रो डोज लगाउने समय अवधिमा वृद्धि
  • दक्षिण पूर्वी क्विन्सल्याण्डमा आज दिउँसो ४ बजे देखि लकडाउन
  • तास्मनियाद्वारा क्विन्सल्याण्ड सँगको सीमा बन्द

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा २१० सामुदायिक सङ्क्रमणका मामिलाहरू पुष्टि र एक जनाको मृत्यु - मृत्यु हुनेमा दक्षिण पश्चिम सिड्नीका ६० वर्षका पुरुष

स्वास्थ्य मन्त्री ब्राड हजार्ड भन्छन् सङ्क्रमित मध्ये २/३ (लगभग ६६%)  ४० वर्ष मुनिका रहेका छन् भने २० वर्ष समूहका ६ जना सघन उपचारका क्रममा रहेका छन्।

 जुन १६ देखि भएको डेल्टा सङ्क्रमण पश्चात् अहिले सम्म ३, १९० सामुदायिक सङ्क्रमणका मामिलाहरू पाइएको छ।

भिक्टोरिया 

राज्यमा दुई सामुदायिक सङ्क्रमण पुष्टि भएका छन्। दुवै मामिला अहिले देखिएकै सङ्क्रमणसँग सम्बन्धित छन् तर सङ्क्रमित अवस्थामा एक जना मात्र क्वारेनटिनमा रहेका थिए।

भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले फ़ाइजर खोप को दुई डोज लगाउने समयावधिलाई तिन हप्ताबाट बढाएर छ हप्ता बनाइएको बताएका छन्।

पछिल्लो कोभिडबाट सुरक्षित रहने तरिकाबारे यहाँ पढ्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा 

  • छ नयाँ डेल्टा केसहरू पाइए पछि दक्षिण पूर्वी क्विन्सल्याण्डका ११ स्थानीय सरकार क्षेत्रहरू आज दिउँसो ४ बजेदेखि  तिन दिन लामो लकडाउनमा प्रवेश गर्दै छन्।
  • अस्ट्रेलियन मेडिकल एसोसिएसनले एस्ट्रे जेनेका खोप लगाउने दरमा वृद्धि गर्नेबारे आफ्नो समर्थन व्यक्त गरेको छ।
  • तास्मनियाले दक्षिण पूर्वी क्विन्सल्याण्डसँगको आफ्नो नाका आज ४ बजे बाट बन्द गर्ने निर्णय गरेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now