SKIP TO MAIN CONTENT

विश्वकप क्रिकेट २०२३: छ विकेटले भारतलाई हराउँदै अस्ट्रेलियाको छैठौँ विश्वकप जित

आइतवार भारतको अहमदावादमा भएको विश्वकप क्रिकेटको फाइनल खेलमा घरेलु टोलीलाई छ विकेटले पछि पार्दै अस्ट्रेलियाले छैठौँ पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ।

India Cricket WCup
Australia's captain Pat Cummins, Australia's Travis Head and Marnus Labuschagne pose with the trophy after wining the ICC Men's Cricket World Cup final match against India in Ahmedabad, India, Sunday, Nov.19, 2023 Source: AP / Aijaz Rahi/AP/AAP Image

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

भारतको २४१ रनको लक्ष्य पुरा गर्न ट्राभिस हेड र मार्नुस लाबूशेन को साझेदारीमा बनेको १९२ रन मध्ये हेडले १३७ रन जोडेर अस्ट्रेलियालाई जितका लागि अघि बढ्न आत्मविश्वास दिलाएका थिए।

डेभिड वार्नर सात रन, मिचेल मार्स १५ र स्टिभ स्मिथ चार रनमा सीमित हुँदा हेडको शतक अस्ट्रेलियाको जितका लागि अहम् बन्यो।

भारतले विराट कोह्ली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

अपराजित फाइनल सम्मको यात्रा तय गरेको भारतीय टोलीको समर्थनमा भरिएको नरेन्द्र मोदी स्टेडियमलाई स्तब्ध पार्दै अस्ट्रेलियाले सन् २०१५ पछि विजेताको ट्रफी उचालेको हो।

जित पछि अस्ट्रेलियन कप्तान प्याट कमिन्सले भने, "यो वर्ष हामीले धेरै लामो समयसम्म सम्झिरहने वर्षको रूपमा रहने छ। यो अद्भुत छ।"

अस्ट्रेलियाले इंग्ल्यान्डमा भएको एशेजमा आफ्नो टाइटल कायम राख्नुका साथै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएको एक वर्षपछि यो उपाधि आएको हो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now