विश्वकप क्रिकेट २०२३: कसले मार्ला बाजी?

From left to right, Temba Bavuma, captain of South Africa, Babar Azam, captain of Pakistan, Jos Buttler, captain of England, Scott Edwards, captain of Netherlands, Dasun Shanaka, captain of Sri Lanka, Shakib Al Hasan, captain of Bangladesh, Rohit Sharma, captain of India, Pat Cummins, captain of Australia, Hashmatullah Shahidi, captain of Afghanistan and Kane Williamson, captain of New Zealand pose with the trophy during Captains' Day prior to the ICC Men's Cricket World Cup India 2023 at Narendra Modi Stadium on Wednesday, 4 October 2023 in Ahmedabad, India.

Captions of participating countries pose with the trophy during Captains' Day prior to the ICC Men's Cricket World Cup India 2023 at Narendra Modi Stadium on Wednesday, 4 October 2023 in Ahmedabad, India. Credit: ICC/ICC via Getty Images

विश्वकप क्रिकेटको १३ औँ संस्करण भारतमा जारी छ। १० सहभागी टोली मध्य रहेको अस्ट्रेलिया आइतवार, ८ अक्टोबरमा भएको आफ्नो पहिलो खेलमा आयोजक भारतसँग हारेको छ। उक्त खेलको समीक्षा सहित, यसपालिको प्रतियोगिताबाट राख्न सकिने अपेक्षा बारे टास्मेनियास्थित लनचेस्टन नेपाली क्रिकेट क्लबका खेलाडी रामकुमार श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।


भारतमा जारी विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार, ८ अक्टोबरमा भएको खेलमा अस्ट्रेलियाको टोली, आयोजक भारतसँग ६ विकेटले पराजित भएको छ।

चेन्नाइको मैदानमा भएको उक्त खेलमा पहिलो ब्याटिङ गरी अस्ट्रेलियाले मात्र १९९ रन बनाउन सफल भएको थियो।

ब्याटिङको क्रममा स्टिभ स्मिथ र डेभिड वार्नरले क्रमशः ४६ र ४१ रन बनाएका थिए भने, भारतको तर्फबाट १० ओभरमा २८ रन दिई, रविन्द्र जडेजाले तीन विकेट लिएका थिए।

दुई सय रनभन्दा कम बनाएको अस्ट्रेलियाले यो खेल जित्ला भन्ने धेरैले आशा त गरेका थिएनन् र भारतको तीन रनमा तीन विकेट गएपछि चाहिँ खेलमा नयाँ पाटो देखिएको थियो।

भारतका कप्तान रोहित शर्मा लगायत इशान किशन र श्रेयस अय्यर शून्य रनमै आउट भएका थिए। तर त्यसपछि जमेको विराट कोह्ली र केएल राहुलको क्रमशः ८५ र ९७ रनले भारतलाई सजिलै विजयी हुन सहयोग गरेको हो।
India Cricket Wcup
Australia's captain Pat Cummins congratulates India's KL Rahul after India won the match during the ICC Men's Cricket World Cup in Chennai, India on Sunday, 8 October 2023. Source: AP / Eranga Jayawardena/AP
यस खेलमा अस्ट्रेलियाको तर्फबाट जोश हेजलवुडले ३८ रन दिएर तीन विकेट लिएका थिए।

विश्वकप क्रिकेटको १३औँ संस्करण अन्तर्गत भएको पहिलो खेलमा भने न्यु जिल्यान्डले इङ्गल्यान्डलाई नौ विकेटले हराएको थियो। उक्त खेलमा न्यु जिल्यान्डको तर्फबाट डेभन कन्वेले १५२ रन र रचिन रविन्द्रले १२३ रन बनाएका थिए।

दस टोली सहभागी यस विश्वकपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अस्ट्रेलिया, न्यु जिल्यान्ड, इङ्गल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान र नेदरल्यान्ड्स सरिक रहेका छन्।

सबै देशहरू एक-अर्कासँग खेले पछि उच्च अङ्क बटुलेका चार टोलीहरू बिच सेमि-फाइनल १५ नोभेम्बर देखि हुनेछ।

भारतको विभिन्न शहरहरुमा हुने यस प्रतियोगिता १९ नोभेम्बरसम्म जारी रहने छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
विश्वकप क्रिकेट २०२३: कसले मार्ला बाजी? | SBS Nepali