Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आईसीसी अवार्ड जित्ने पहिलो नेपाली बनेका आसिफ शेख

Aasif Sheikh.jpg

Nepali cricketer Aasif Sheikh has been awarded the ICC Spirit of Cricket Award 2022. Source: Facebook / Cricket Association of Nepal-CAN

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटस्म्यान आसिफ शेखले गत महिना अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्रधान गरिने स्पिरिट अफ क्रिकेट अवार्ड (ICC Spirit of Cricket Award) २०२२ प्राप्त गरेका छन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटस्म्यान आसिफ शेखले गत महिना अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्रधान गरिने स्पिरिट अफ क्रिकेट अवार्ड (ICC Spirit of Cricket Award) २०२२ प्राप्त गरेका छन्।


गत वर्ष फेब्रुअरीमा, ओमानमा भएको चार देश सम्मिलित टि-२० सिरिज अन्तर्गत, आर्यल्याण्ड विरुद्धको खेलमा एन्डी मेकब्रायनलाई उच्च खेल भावना देखाउँदै रन आउट गर्ने अवसर हुँदा हुँदै पनि रन आउट नगरेका कारण उनले उक्त प्रतिष्ठित सम्मान पाएका हुन्।

पहिले ब्याटिङ गरिरहेको आयरल्यान्ड १८औँ ओभरमा ८ विकेटको क्षतिमा ११३ रन बनाएर खेलिरहेको स्थितिमा उसको ब्याटस्म्यान मेकब्राएन नेपाली बलर कमल सिंह एरीसँग अल्झिएर लड्न पुगेका थिए।

त्यही समय उनलाई रन आउट गर्ने अवसर मिलेको थियो तर उच्च खेल भाव देखाउँदै आसिफले त्यसो गरेनन्। यसरी उनी आईसीसी अवार्ड जित्ने पहिलो नेपाली बन्न पुगेका हुन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now