SKIP TO MAIN CONTENT

घरेलु हिंसाका दोषीहरूले अदालतमा पीडितहरूलाई प्रतिप्रश्न गर्न नपाउने

घरेलु हिंसाका पीडितहरूलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूले अबदेखि अदालतमा प्रतिप्रश्न गर्न नपाउने भएका छन्।

Domestic Violence
Source: NSW Government

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियाली सङ्घीय संसद्मा आज पारित भएको कानून अनुसार घरेलु हिंसामा आरोपित व्यक्तिहरूले आफू विरुद्ध उजुरी दिने व्यक्तिहरूलाई सिधै प्रतिप्रश्न गर्न पाउने छैनन्।

बुधवार पारित उक्त कानून अनुसार अबदेखि आरोपित व्यक्तिहरूले वकिल मार्फत मात्र प्रश्न सोध्न पाउने छन्। त्यसरी वकिल राख्दा लाग्ने पैसा सङ्घीय सरकारले भुक्तान गरिदिने सङ्घीय मन्त्री मिकेला क्यासले प्रस्ट पारिन।

Minister for Jobs Michaelia Cash.
सङ्घीय मन्त्री मिकेला क्यास Source: AAP

अस्ट्रेलियन इन्स्टीट्युट अफ हेल्थ एन्ड वेलफेयरकी लूइज योर्कका अनुसार अस्ट्रेलियाली आप्रवासी समुदायहरूमा घरेलु हिंसाको विषयमा कुरा गर्दा विशेषतः दोषी भनेकै पुरुषहरू हुन् तथा महिलाहरू प्राय: पीडित हुन्छन् भन्ने मान्यता व्याप्त रहेको छ।

उनको अनुसार प्रहरी तथा अन्य सेवा प्रदायकहरूले आप्रवासी समुदायहरूसँग काम गर्नुपर्दा यस्तो धारणाका कारण सही तथा न्यायसंगत कार्य गर्न सक्दैनन्।

"यस कारण त्यस्तो सोचलाई चुनौती दिन निकै आवश्यक छ। कुनै पनि राष्ट्र, संस्कृति अथवा समुदाय घरेलु हिंसाबाट अछुत रहेका छैनन्।"

हिंसा कुनै एक जाति वा लिङ्गका मानिसहरूले मात्र गर्दैनन् भन्ने कुरामा हामी सबैले हेक्का राख्नुपर्ने पनि उनको सुझाव छ।

"आप्रवासी महिलाहरू आफू विरुद्धको हिंसामा आवाज उठाउन एकदमै सामर्थ्यवान् छन् र साथै अरूलाई पनि उनीहरू उत्तिकै उत्साह प्रदान गरिरहेको मैले पाएको छु।"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now