SKIP TO MAIN CONTENT

चीनद्वारा झुटो जानकारी र त्रास फैलाएको आरोप, लोकतन्त्र नै सङ्कटमा परेको चिन्ता

मारिस पेनले चेतावनी दिएकी छिन् कि चिनियाँ पक्षद्वारा एकोहोरो रूपमा फैलाइरहेको झुटो जानकारीहरूका कारण लोकतन्त्र नै सङ्कटमा पर्न थालेको छ।

Foreign Minister Marise Payne at Parliament House in Canberra.
Foreign Minister Marise Payne at Parliament House in Canberra. Source: AAP

3 min read

Published



Skip to article content

अस्ट्रेलियाको सुरक्षाका लागि महत्त्वपूर्ण साबित हुने अन्तर्राष्ट्रिय नियम बनाउने निकायहरूलाई सुदृढ पार्न नयाँ विश्वव्यापी पहलमा आफ्नो प्रतिबद्धता जनाउँदै परराष्ट्र मन्त्री मारिस पेनले मङ्गलवार साँझ क्यानबेरामा एक जोडदार भाषण गर्दै चीन माथि औँला ठडाएकी हुन्।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीको नेशनल सेक्युरिटी कलेजलाई सम्बोधन गर्दै पेनले कोरोनाभाइरस सङ्कट बारेमा बढ्दो चिन्ताको प्रयोग गरी पश्चिमी लोकतान्त्रिक सरकारहरूलाई कमजोर पार्न चीन तथा रुसले अनलाइन मार्फत गलत सूचनाहरू प्रवाह गरिरहेको बताएकी छिन्।

अघिल्लो हप्ता युरोपेली कमिसनद्वारा प्रकाशित गरिएको एक रिपोर्टलाई उधृत गर्दै परराष्ट्र मन्त्रीले भनिन् कि चीन र रुसले "महाध्रुवीकरण बढाउन" महामारीको प्रयोग गरे।

“यो चिन्ताजनक कुरा हो कि कतिपय देशहरूले महामारीको प्रयोग गरेर उदारवादी लोकतन्त्रलाई कमजोर पार्न र उनीहरूको आफ्नै, बढी तानाशाही मोडेलहरूको प्रवर्धन गरिरहेको छ। हामीले देखेका छौँ कि यस किसिमको भ्रामक सूचनाहरूले भय र विभाजनको वातावरणमा योगदान पुर्‍याउँछ, तर हामीलाई यस्तो समयमा सहयोग र समझदारी चाहिन्छ।”

सामाजिक सञ्जाल ट्विटरले पनि अघिल्लो हप्ता चिनियाँ, रुसी र टर्की सरकारहरूसँग सम्बन्ध भएका करिब ३२,००० खाताहरू सङ्गठित राजनैतिक प्रचारका लागि प्रयोग हुने गरेको भन्दै हटाई दिएको थियो।

सिनेटर पेनले आफ्नो उक्त सम्बोधनका क्रममा विद्यार्थी र पर्यटक अस्ट्रेलियामा जातिवादको जोखिममा छन् भन्ने चिनियाँ दाबीको कुनै आधार नरहेको बताइन।

यसका साथै उनले अस्ट्रेलिया गलत सूचना प्रवाह गर्दै हिंसा फैलाउने एवं समुदायमा विभाजन ल्याउने काम कारबाही विरुद्ध सशक्त ढङ्गले उभिने र त्यसलाई तथ्य र पारदर्शिताको प्रयोग मार्फत सामना गर्ने पनि उल्लेख गरेकी छिन्।

Australian Foreign Affairs Minister Marise Payne arrives to speak to the media at Penrith in Sydney, Monday, May 18, 2020. (AAP Image/Joel Carrett) NO ARCHIVING
Australian Foreign Affairs Minister Marise Payne Source: AAP

"म तपाईँलाई आश्वस्त गर्न चाहन्छु कि अस्ट्रेलियाले गलत सूचना प्रवाह गर्ने क्रियाकलापलाई डटेर सामना र प्रतिरोध गर्नेछ," उनले भनिन्।

परराष्ट्र मन्त्री मारिस पेनले यो पनि खुलासा गरेकी छिन् कि अस्ट्रेलियाले लात्भियाद्वारा नेतृत्व गरेको १३१ राष्ट्र सम्मिलित एक विज्ञप्तिमा हस्ताक्षर गरेको छ।

उनका अनुसार कोभिड-१९ सङ्कटको बेला गलत सूचना, झुटा समाचार र छेड खानी गरिएका भिडियोहरूको प्रयोग गर्दै सुरु भएको "इन्फोडेमिक" लाई सम्बोधन गर्ने प्रतिबद्धतामा आफ्नो सहभागिता छ।

सङ्घीय सरकारले अस्ट्रेलियाको प्रभाव क्षेत्र भित्र पर्ने राष्ट्रहरूमा गलत सूचना फैलाउने अनलाइन अभियानलाई रोक्न परराष्ट्र एवं व्यापार मन्त्रालय भित्र एक विशेष इकाई स्थापना गर्ने योजना गरिसकेको बुधवार एबीसीले जनाएको छ।

सरकारले यसबारे पुष्टि नगरेता पनि पेनले समन्वित रूपमा गरिएको गलत सूचना प्रवाह गर्ने अभियानलाई अस्ट्रेलियाद्वारा कडा जवाफ दिने निर्णय भइसकेको स्पष्ट परेकी छिन्।

प्रधानमन्त्री स्कट मरिसनले भर्खरै केही दिन अघि मात्र आफ्नो राष्ट्रले चीनसँगको सम्बन्ध बिगार्न केही त्यस्तो नगरेको बयान जारी गर्दै गरेको अवस्थामा उनकै मन्त्रिपरिषद्की एक महत्त्वपूर्ण सदस्यद्वारा गरिएको पछिल्लो बयान बाजी अर्थपूर्ण रहेको छ।

Australian Prime Minister Scott Morrison speaks to the media during a press conference at Parliament House in Canberra, Friday, June 12, 2020. (AAP Image/Lukas Coch) NO ARCHIVING
Prime Minister Scott Morrison Source: AAP

मरिसन सरकारद्वारा कोरोनाभाइरस माथि निष्पक्ष एवं स्वतन्त्र छानबिन हुनुपर्ने मागको खिलाफ बेजिङ्ग खडा भएपछि चिसिएको अस्ट्रेलिया-चीन सम्बन्ध पछि उसले बारम्बार अस्ट्रेलियाली अर्थतन्त्रलाई आँच पुग्ने कार्यहरूलाई अघि बढाई रहेको छ।

कहिले चिनियाँ विद्यार्थी एवं पर्यटकलाई अस्ट्रेलिया खतरापूर्ण छ भन्ने अफवाह फैलाएर त कहिले अस्ट्रेलियाली गाईका मासु वा जौको आयात माथि बन्देज लगाएर चीनले पछिल्लो केही समय यता अस्ट्रेलियालाई सताउन थाल्दै गर्दा पेनको भाषण आएको हो।

अनि, यसको पछिल्लो कडीको रूपमा एक अस्ट्रेलियाली नागरिक - कार्म जिलेप्सीलाई लागु औषध ओसार प्रसार गरेको आरोपमा चीनमा मृत्यु दण्ड सुनाइएको छ।

बेजिङ्गले कार्मको मुद्दा अस्ट्रेलिया-चीन सम्बन्धमा देखिएको दरारको अर्को कडी नभएको बताए पनि चिनियाँ वकिलहरूले आरोप लागेको सात वर्ष पछिको अन्तरालमा गत सप्ताहान्त अपर्झट रूपमा सो मुद्दालाई बिउँताइनु दुई देश बिच हाल जारी कूटनैतिक सङ्कटकै अर्को पक्ष भएको बताउँछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now