SKIP TO MAIN CONTENT

'फोर यर्स लेटर': प्रेम, समय र दुरीबारे एसबीएसको नयाँ टेलिभिजन शृङ्खला

नयाँ अस्ट्रेलियन टेलिभिजन शृङ्खला 'फोर यर्स लेटर' अक्टोबरदेखि एसबीएसमा प्रसारण हुँदै छ।

FOUR YEARS LATER_start of production__Photo credit __0687_ (1).jpg
Shahana Goswami as Sridevi and Akshay Ajit Singh as Yash. Credit: SBS / Megha Chhattani

2 min read

Published

Updated

Source: SBS



Skip to article content

के जिन्दगीमा प्रेमले दोस्रो मौका पाउन सक्छ?

मिथिला गुप्ता र 'द ट्वेल्व' र 'कलिन फ्रम अकाउन्ट्स' जस्ता कार्यक्रमहरूको निर्माता इजी टाइगरद्वारा बनाइएको एक नयाँ 'रोमान्टिक' नाटक शृङ्खला ‘फोर यर्स लेटर’ एसबीएसमा आउँदै छ।

बुधवार, दुई अक्टोबरमा पहिलो पटक प्रसारण वा 'प्रिमियर' हुने यस शृङ्खलालाई तपाईँले एसबीएस र एसबीएस अन डिमान्डमा हेर्न सक्नु हुन्छ।

Shahana Goswami and Akshay Ajit Singh in Four Years Later.
Shahana Goswami and Akshay Ajit Singh in Four Years Later.

फोर यर्स लेटरमा भारत र अस्ट्रेलियाका दुई फरक संसारहरूको बिचमा रहेका श्रीदेवी (शहाना गोस्वामी) र यश (अक्षय अजित सिंह)को कथा प्रस्तुत गरिएको छ।

मुम्बई, जयपुर र सिड्नीमा छायाङ्कन गरिएको यस अस्ट्रेलियन शृङ्खलामा हिन्दी र अङ्ग्रेजी दुवै भाषाको सम्मिश्रण देख्न सकिन्छ।

आठ भागको यो शृङ्खलाले समय र दूरीले प्रेमलाई कसरी बदल्न सक्छ भन्ने कुरालाई दर्साएको छ।

Shahana Goswami as Sridevi in 'Four Years Later'.
Shahana Goswami as Sridevi in 'Four Years Later'.

तपाईँले यसका सबै भागहरू दुई अक्टोबरदेखि एसबीएस अन डिमान्डमा निःशुल्क हेर्न सक्नु हुन्छ।

साथै, हरेक बुधवार राति ९:२० बजे यस शृङ्खलाका दुई वटा भागहरू एसबीएसमा प्रसारण हुने छन्।

एसबीएस अन डिमान्डमा फोर यर्स लेटर हेर्दा यी सात भाषामा 'सब्टाइटल' पनि उपलब्ध हुने छन्: अरेबिक, सिम्प्लिफाइड चाइनीज, ट्राडिश्नल चाइनीज, कोरियन, भियेतनामिज, हिन्दी र पन्जाबी।

यसका साथै आठै वटा भागका 'अडियो डिस्क्रिप्शन' पनि पाउन सक्नु हुन्छ।

शृङ्खला हेर्न वा थप जानकारीका लागि एसबीएस अन डिमान्डको वेबसाइटमा जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now