SKIP TO MAIN CONTENT

"डाक्टरले भनेको नबुझे दोर्‍याएर सोध्न नहीच्कीचाउनुहोस"

स्वास्थ्य सेवा लिन जाँदा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने भाषा नबुझे वा औषधिको प्रयोगका बारेमा प्रश्नहरू भए दोर्‍याएर सोध्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

A patient talking with her doctor
A patient talking with her doctor Source: Getty Images

3 min read

Published

Updated

By Jennifer Luu, Amy Hall, Krishna Pokharel

Presented by SBS Nepali

Source: SBS News



Skip to article content


प्रमुख बिषय

  • स्वास्थ्य सम्बन्धी जानकारी सरल भाषामा दिइनुपर्ने विज्ञहरूको भनाई
  • प्रत्येक १० मध्ये ६ जनालाई डाक्टरी भाषा बुझ्न गार्‍हो
  • नेपाली डाक्टर भन्छन् नबुझे दोहोर्‍याएर सोध्नुहोस्

के तपाई चिकित्सककोमा स्वास्थ्य सम्बन्धी जानकारी लिन वा जँचाउन जाँदा उनीहरूले प्रयोग गर्ने भाषा बुझ्नका लागि सर्घष गर्नु भएको छ ?

 

के तपाई डाक्टरहरूले प्रयोग गरेका प्राविधिक शब्द नबुझेर अलमलिनु वा औषधिको प्रयोगका निर्देशन बुझ्न अप्ठेरो परेको छ ? 

 

बहुसांस्कतिक समुदायका मानिसहरूलाई भाषा वा अन्य कारणले डाक्टरहरूले भनेका कुरा बुझ्न समस्या पर्न सक्ने भएकाले स्वास्थ्यकर्मीहरुले पनि सरल भाषाको प्रयोग गर्ने गरेको बताएका छन् । 

 

आफ्ना बिरामीहरू सँग सरल र सबैले बुझ्ने भाषामा बोल्न वा बुझाउनका लागि प्रोत्साहन गरिन्छ ।

 

सिड्नीमा कार्यरत नेपाली चिकित्सक प्रवीण पाठक तालिमकै क्रममा आफूहरूलाई बिरामीहरू सँग सरल भाषा प्रयोग गर्नका लागि निर्देशन दिइएको हुने बताउँछन् ।

 

उनी भन्छन् “कहीले काहीँ बिरामी सँग उनीहरूको समस्या बुझाउने क्रममा मिस गाइडेड हुन्छौ र मेडिकल टर्मीनोलोजि प्रयोग गछौ तर जब बिरामीले यसका बारे बुझेन भन्ने लाग्छ तब तुरुन्तै बुझिने भाषामा पुन दोर्‍याउछौ । ”

Dr.prabin pathak
Source: Supplied

अस्ट्रेलियालि तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार प्रत्येक १० मध्ये ६ जना अस्ट्रेलियालीमा स्वास्थ्य साक्षरता कम भएको देखिएको छ , यसको अर्थ उनीहरूमा स्वास्थ्य सेवाको पहुँच वा उपभोग गर्न अप्ठेरो बनाई रहेको हुन्छ ।

डाक्टर प्रवीण पाठक अस्ट्रेलियामा मात्रै नभएर संसार भर नै यस्तो समस्या हुने गरेको तर्क गछर्न । बिरामीहरूले नबुझेमा प्राविधिक शब्दहरूको प्रयोग नगरी सरल भाषामा जानकारी दिने कोसिस गर्ने उनी बताउँछन् ।

Patient talking with a doctor
A patient is talking with a doctor-NIH Clinical Center-CC BY 2.0-Flickr Source: Flickr

उनी भन्छन् “ कतिपय अवस्थामा बिरामीहरूले उतिखेरै नबुझे पनि रोगका बारेमा थुप्रै जानकारीमूलक पर्चाहरू छापिएका हुन्छन् र हामी बिरामीहरूलाई त्यस्ता पर्चाहरू दिन्छौ जसले गर्दा बिरामीहरूले घरमै गएर पढेर रोगका बारेमा जानकारी लिन सक्छन् ”

बाहुसास्कृतिक समुदायको विभिन्न मुद्दा हेर्ने संस्था सेन्टर फर कल्चर इथेनीसिटी एन्ड हेल्थले पनि स्वास्थ्य पेसाकर्मीहरूलाई आफूले प्रयोग गर्ने भाषाका बारेमा सोच्न अनुरोध गरेको छ ।

मर्सी हेल्थमा बहु सांस्कृतिक सेवाहरूको प्रबन्धकका रूपमा कार्यरत नतालिया नेजभदबा भन्छिन् आप्रवासीहरू सँग आवश्यक जानकारी पाउन वा उनीहरूको स्वास्थ्यको बारेमा निर्णय लिन ज्ञानको कमी हुन्छ ।

 

उनी भन्छिन् फरक पुष्टीभुमीका व्यक्तिहरू सँग संलग्न हुनु र उनीहरूले स्वास्थ्यका बारेमा कसरी जानकारी लिन्छन् भनेर जानकारी राख्न महत्त्वपूर्ण हुन्छ ।

Happy female doctor with patient in hospital
hairs in clinic. Source: Getty

मधुमेह भएका गर्भवती महिलाहरूको स्वास्थ्य खानाका बारेमा गरिएका सत्रहरूमा मर्सि हेल्थले चार भिन्ना भिन्नै सांस्कृतिक समूहका मानिसहरू सँग कुरा गरेका थिए ।

उत्त सत्रहरूमा स्वास्थ्य पेसाकर्मीहरूले गर्वबस्थामा हुने समस्यालाई मेडिकल भाषा प्रयोग नगरी सामान्य बुझिने शब्दले यसलाई व्याख्या गरेका थिए । र यसरी सामान्य भाषाको प्रयोग गरी भएका सत्रहरूले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।

सेन्टर फर कल्चर इथीनीसिटी एन्ड हेल्थ कि बेर्नीस र्मफी भन्छिन् स्वास्थ्यकर्मीहरू वा अन्य पेसाकर्मीहरूले आफ्ना ग्राहकहरूले बुझ्ने भाषाको प्रयोग गर्नु जिम्मेवारी हो । र यतिखेर अन्य बेला भन्दा सहज भाषाको प्रयोग गर्नु झनै आवश्यकता हो ।

यही भावना भियतनामी आप्रवासीका २१ बर्सिया सन्तान जोन नगुएनको पनि छ उनी हाल मेलबर्नको पूर्वी क्षेत्रमा रहेको एक स्वास्थ्य केन्द्रमा काम गर्छन् । उनले हालै मात्र कोभिड–१९ मा सहर भाषाको प्रयोगका बारेमा एक छोटो र्कोस पुरा गरेका छन् ।

उनी भियतनामी समुदायमा महामारीका बारेमा सजिलैसँग जानकारी पुर्‍याउन तैयार छन् । उनी भन्छन् सरल भाषाको प्रयोगका बारेमा गरेको पढाइले आफ्ना लागि पनि उपयोगी भएको उनी बताउँछन् ।

डाक्टर प्रवीण पाठक आफ्नो स्वास्थ्यका बारेमा चिकित्सकहरूले भनेका कुरा बुझिएन भने बारम्बार सोध्न अनुरोध गर्छन् । उनी भन्छन् “बिरामीहरुले चिकित्सकहरूले भनेको कुरा बुझ्नु भएन धेरै भन्दा धेरै चोटि सोध्नुहोस् यो तपाईँको अधिकार भित्र पर्दछ”

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now