सिड्नीको एक रेस्टुरेन्ट जल्दा घाइते भएका नेपालीको मृत्यु

सिड्नीको एक रेस्टुरेन्टमा काम गर्दा-गर्दै जलेर घाइते भएका २४ वर्षीय नेपाली कामदारको उपचारका क्रममा मृत्यु भएको छ।

An ambulance is seen in Sydney, Saturday, January 2022. (AAP Image/Flavio Brancaleone) NO ARCHIVING

A representative image of an ambulance in Sydney, NSW, Australia. Source: AAP

उनलाई उपचारका लागि सिड्नीको कन्कर्ड अस्पतालमा दुई हप्ता अघि चिन्ताजनक स्थितिमा भर्ति गरिएको थियो।

न्यु साउथ वेल्स प्रहरीका अनुसार उपचारकै क्रममा बिहीवार, ७ जुलाईमा उनको मृत्यु भएको हो।

मृत युवक पारामाटा स्थित रिभर रोड वेस्टमा रहेको 'अन सनसेट' रेस्टुरेन्टमा कार्यरत थिए।

मङ्गलवार, २१ जुन, राति करिब १० बजे तिर सो रेस्टुरेन्टमा आगो लागेको भन्दै आपतकालिन सेवाहरूलाई बोलाइएको प्रहरीको भनाई छ।

प्रहरीद्वारा जारी विज्ञप्तिका अनुसार, कम्बरल्यान्ड एरिया कमान्डसँग सम्बन्धित प्रहरी अधिकृतहरू घटनास्थल पुगेका थिए।

रेस्टुरेन्टका एक कर्मचारीले सर-सफाइका लागि प्रयोग हुने उत्पादन प्रयोग गर्दै गर्दा, त्यसमा आगो लागेको ती अधिकारीहरूलाई बताइएको प्रहरीको भनाइ छ।

फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्सका सुपरिटेन्डेन्ट एडम ड्युनरीले उक्त युवकलाई आफूहरूले गम्भीर रूपमा घाइते भएको अवस्थामा फेला पारेको एसबीएस नेपालीलाई बताए।

"घटना भएको स्थानमा रहेका करिब १६० जनालाई सुरक्षित स्थानमा सारेर आगो निभाउने काम भएको थियो," उनले भने।

घटनाको अनुसन्धानमा प्रहरीलाई आफूहरूले सहयोग गरिरहेको पनि उनको भनाइ छ।

न्यु साउथ वेल्स प्रहरीले सो आगजनीलाई शङ्कास्पद मानेको छैन।

प्रहरीका अनुसार कोरोनर समक्ष प्रस्तुत गर्न एक रिपोर्ट तयार गरिनेछ र घटना बारे सेफवर्क न्यु साउथ वेल्सलाई सूचित गरिएको छ।

सेफवर्क न्यु साउथ वेल्सले एसबीएस नेपालीलाई हाल आफूले घटनाको अनुसन्धान गरिरहेको पुष्टि गर्दै, अनुसन्धान जारी रहेकाले हाल थप केही पनि बताउन नमिल्ने जानकारी दिएको छ।

यता, गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए)का अध्यक्ष नन्द गुरुङले ती नेपाली युवकको दुर्घटनामा परि ज्यान गएकोमा दुःख व्यक्त गर्दै आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

"हामीले के-कसो गर्न सकिन्छ भनेर (मृतकको) आफन्तसँग कुरा गरिरहेका छौँ," उनले एसबीएस नेपालीलाई भने।

यसै गरी, आफ्नो कर्मचारीको मृत्यु बारे 'अन सनसेट' रेस्टुरेन्टले आफ्नो फेसबुक पेज मार्फत आफ्नो मृत कर्मचारीलाई श्रद्धाञ्जली दिँदै लेखेको छ, "अत्यन्तै दुःख र गह्रुङ्गो मुटुका साथ हामी, अन सनसेट परिवारका एक सदस्य, पीजेको निधनको खबर सार्वजनिक गर्दछौँ।"

"यो हानिबाट हाम्रो मुटु दुखेको छ। हामी उहाँको परिवार, साथीहरू र समुदायमा हाम्रो गहिरो समवेदना पठाउँछौँ। उच्च उडान गर्नुहोस् आत्मा, तपाईँको अभाव हामीलाई सदैव हुनेछ।"
Screensjot
Source: On Sunset Parramatta/Facebook

Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now