Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

निजी स्वास्थ्य बिमाबारे बुझ्न सजिलो बनाउने नयाँ योजना

health insurance cards

Health insurance cards Source: Supplied

प्रत्येक बर्ष निजि बिमाको मूल्य वृद्धि भइरहँदा उपभोक्ताहरूले बीमाको महत्व माथि पनि प्रश्न गर्न थालेकाछन्। आफूलाई आवश्यक रहेका सेवाहरु मात्र समेट्ने बिमा छान्न सहज गराउने उद्देश्यले निजी स्वास्थ्य बिमा लाई ४ भिन्न तहमा वर्गीकृत गरेर यसले ओगट्ने क्षेत्रहरूका बारेमा प्रष्ट्याउने गरी सङ्घीय सरकारले नयाँ नीति लागु गरेको छ।


Published

Updated

Source: SBS



Share this with family and friends


प्रत्येक बर्ष निजि बिमाको मूल्य वृद्धि भइरहँदा उपभोक्ताहरूले बीमाको महत्व माथि पनि प्रश्न गर्न थालेकाछन्। आफूलाई आवश्यक रहेका सेवाहरु मात्र समेट्ने बिमा छान्न सहज गराउने उद्देश्यले निजी स्वास्थ्य बिमा लाई ४ भिन्न तहमा वर्गीकृत गरेर यसले ओगट्ने क्षेत्रहरूका बारेमा प्रष्ट्याउने गरी सङ्घीय सरकारले नयाँ नीति लागु गरेको छ।


बिमा शुल्क औसतमा वार्षिक ३.२५ प्रतिशतका दरले बढ्ने छ जुन मुद्रास्फितिको दर र पारिश्रमिक वृद्धि दर भन्दा धेरै रहेको छ। 

यसरी बिमा दर मा आएको वृद्धिलाई हेरेर उपभोक्ताहरूमा निजी बिमाका बारेमा द्विविधा देखिएको छ।

लिज ब्रूक र उनका पति पनि त्यस्तै उपभोक्ता मध्ये बिमा राख्नु पर्ने पक्षमा छन्। लिज ब्रूक आफ्ना श्रीमानको निकै ठुलो सर्जरी गर्ने समयमा यही बिमाले निकै सहयोगी भूमिका खेलेको बताउँछिन्।

"मासिक रूपमा हामीलाई खासै यसलाई उपयोग गर्नु पर्दैन। तर बिमा भनेको यदि केही भइहाल्यो भन्ने सोचले लिने गरिन्छ। मलाइ निजी बिमा छोड्न पटक्कै मन छैन तर यो धेरै महँगो भयो हरेक वर्ष यसको मूल्य बढ्छ।"

गोल्ड बिमाले अस्पतालले उपलब्ध गराउने सेवाहरूका सम्पूर्ण ३८ वटै पक्षलाई समेट्छ, त्यस्तै सिल्भरले २६, ब्रोञ्जले १८ र सामान्य बिमाले अत्यन्त न्यून मात्र समेट्नेछ।

भर्खरै ल्याइएको परिवर्तनका अनुसार हरेक नयाँ निजी स्वास्थ्य बिमा नीति ४ मध्ये एक वर्गीकरणमा हुनै पर्नेछ।

उक्त वर्गीकरण अन्तर्गत गोल्ड, सिल्भर, ब्रोञ्ज र सामान्य बिमा योजना रहेका छन्।

गोल्ड बिमाले अस्पतालले उपलब्ध गराउने सेवाहरूका सम्पूर्ण ३८ वटै पक्षलाई समेट्छ, त्यस्तै सिल्भरले २६, ब्रोञ्जले १८ र सामान्य बिमाले अत्यन्त न्यून मात्र समेट्नेछ।

Private health insurance
Source: Getty

रोय मोर्गन रिसर्चका प्रमुख कार्यकारी मिशेल लेभिन भन्छिन् केही अस्ट्रेलियालीहरूले निजी बिमा बन्द गराइरहेको समयमा यो सुधारहरू आएका छन्।

"रोय मोर्गनले स्वास्थ्य बिमालाई लिएर मानिसहरूको भोगाइलाई अध्यन गरिरहेको छ। निजी स्वास्थ्य बिमा बाट बाहिरिएकाहरूले यसलाई त्यति धेरै उपयोगी नभएको पाएका छन्। तर त्यसमध्ये पनि यस्ता निजी बिमा योजनाहरू बुझ्नलाई अत्यन्त जटिल भएको बताउँछन्। यो बिमा लिएकाहरू मध्ये ४४ प्रतिशतले यसलाई धेरै जटिल भएको बताउँछन्।"

यो सुधार अन्तर्गत अरोमाथेरापी, वेस्टर्न हर्बलिज्म, किन्नेसियोलोजी, पिलाटे, शियात्सु, ताइ चि र योगा लगायतका प्राकृतिक उपचार पद्धतिलाई अतिरिक्त सेवाहरूमा समेटिने छैन।

सङ्घीय सरकारले प्रिमियम अन्तर्गत त्यस्ता उपचार पद्धतिलाई नसमेट्ने बनाए पछि भविष्यमा बिमा शुल्कमा वृद्धि नहुने आशा राखेको छ।

निजी स्वास्थ्य सेवा अस्ट्रेलियाका प्रमुख कार्यकारी डा रेचल डेभिड भन्छिन् अन्य प्रकारका बिमा भन्दा निजी बिमामा धेरै रकम फिर्ता पाइन्छ।

"निजी बिमा अन्तर्गत एक डलर खर्च भएकोमा ८६ सेन्ट फिर्ता हुन्छ। त्यो भनेको कुनै पनि सामान्य बिमा अन्तर्गत पाइने ६२ सेन्ट भन्दा बढी हो साथै अन्य बिमाहरूले त त्यो भन्दा अझ कम फिर्ता दिन्छ। "

रोय मोर्गन कि मिशेल लेभिन यो सुधारले बिमाका बारेमा विस्तृत जानकारी प्रदान गर्दै छनौट गर्न सहज बनाउने बताउँछिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now