Explainer

सहुलियत कार्ड भएकाहरूले ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क पाउन के गर्ने?

अस्ट्रेलियाभरका कन्सेसन वा सहुलियत कार्डवाहकहरूले, स्थानीय सामुदायिक औषधि पसलहरू मार्फत कोभिड-१९ को द्रुत परीक्षण गर्न मिल्ने, र्‍यापिड एन्टिजेन किट (ऱ्याट) निःशुल्क प्राप्त गर्न सक्ने भएका छन्।

Concession card holders can collect up to 10 free RATs from pharmacies over a three-month period.

More than six million concession card holders across Australia now have access to free COVID-19 RATs. Source: SBS News

देशभरका ६० लाख भन्दा बढी सहुलियत कार्ड भएका मानिसहरूले हरेक तीन महिनामा निःशुल्क १० वटा द्रुत परीक्षण किट (ऱ्याट) प्राप्त गर्ने घोषणा प्रधानमन्त्री स्कट मोरिसनले केही दिन अघि गरेका थिए।

यदि तपाईँसँग पनि कन्सेसन कार्ड छ भने, तपाईँलाई यो व्यवस्था लागू हुन्छ।

को-को योग्य छन् त?

२४ जनवरी देखि निम्न सहुलियत कार्ड भएका मानिस ऱ्याट किट प्राप्त गर्न योग्य भएका छन्:

  • कमनवेल्थ सिनियर हेल्थ कार्ड
  • भेटरन– गोल्ड, ह्वाईट अथवा अरेन्ज कार्ड
  • हेल्थ केयर कार्ड
  • लो इन्कल हेल्थ केयर कार्ड
  • पेन्सनर कन्सेसन कार्ड

मैले कति वटा परीक्षण किट प्राप्त गर्छु?

योग्य व्यक्तिले सामुदायिक फार्मेसीहरू मार्फत तीन महिनाको अवधिमा १० वटा परीक्षण किट प्राप्त गर्न सक्नेछन्। (एक महिनाको अवधिमा पाँच भन्दा बढी पाइनेछैन)

मैले कसरी निःशुल्क परीक्षण किट प्राप्त गर्न सक्छु?

योग्य कार्ड वाहकहरूले सहभागी सामुदायिक औषधि पसलहरु मार्फत व्यक्तिगत रूपमा उपस्थित भई आफ्नो सहुलियत कार्ड देखाउनु पर्नेछ।

यसैगरी किट लिन पुगेकाहरूले आफ्नो कार्डमा भएका जानकारी औषधि पसललाई जाँच गर्न र तथ्याङ्क राख्नका लागि अनुमति प्रदान गर्नु पर्नेछ।

औषधि पसलले विवरण जाँच र यस अघि किट प्राप्त गरे/नगरेको पुष्टि गर्नेछन्।

औषधि पसलले उपलब्ध भएसम्म कम्तीमा दुई परिक्षण किट कार्डवाहकलाई प्रदान गर्नेछन्।

एक पटकमा अधिकतम पाँच वटा किट माग गर्न सकिनेछ।

राष्ट्रिय मन्त्रीपरिषद्को बैठक अनुसार औषधि पसलहरूलाई सरकारले कर बाहेक एक परीक्षण किट बराबर १० डलर र अतिरिक्त ४ डलर ३० सेन्ट प्रशासनिक खर्चका रूपमा उपलब्ध गराउनेछ।

औषधि पसलहरूले भने परीक्षण किटको जोहो आफैले गर्नु बताइएको छ।
COVID-19
Signage notifying customers that Rapid Antigen Test (RAT) kits are sold out is seen on the entrance to a chemist in Sydney, Source: AAP

के पर्याप्त आपूर्ति छ त?

उपलब्धताको विषयमा भने यो कार्यक्रम केही विवादमा परेको छ।

सरकारले आफ्नो बचाउ गरे तापनि औषधि पसलहरूले भने उपलब्धता समस्याका रूपमा रहने चेतावनी दिएका छन्।

गत सोमबार देखि कार्यक्रम सुरु हुँदा फार्मेसी गिल्ड अफ अस्ट्रेलियाका अध्यक्ष ट्रेन्ट टोमेले परिक्षण किटको अभावले योजनामा उल्लेख्य प्रभाव पर्न सक्ने बताएका थिए।

नाईन नेटवर्क सँग कुरा गदै उनले पर्याप्त आपूर्ति नभएको बताएका छन्।

“अस्ट्रेलियाभर ६,००० सामुदायिक औषधि पसल भएकोमा केवल ८०४ पसलहरूले मात्रै आज बिहान देखि सेवा दिन सुरु गरेका छन्, बहुसङ्ख्यक औषधि पसलले सेवा दिने छैनन्,” टोमेले सोमबार भने।

अर्को हप्ता १ करोड ३० लाख परीक्षण किट आउने र २ करोड २० लाख किट फेब्रुअरीको तेस्रो साता भित्र आईपुग्ने पनि उनले बताए।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले सहभागी औषधि पसलले परिक्षण किटहरु “अलग्गै राख्दै गरेको” सोमबार नै बताएका थिए।

“उनीहरूले ठाउँ सुरक्षित गर्दैछन्, पहिलो दिनमै सबै औषधि पसल सहभागी हुने होइनन्, यो चरणबद्ध कार्यक्रम हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा यो पूरक कार्यक्रम हो,” उनले भने।

मानिसहरूले धेरै खरिद गरेर राख्दा आपूर्तिमा समस्या भएको र औषधि पसलहरुले वितरण अगाडी बढाउँदै जाँदा पर्याप्त मौज्दात हुने पनि उनले बताएका छन्।

खोपको आपूर्ति सहज हुँदै जाने बताउँदै सरकारले औषधि पसलमा पुग्नु अघि उपलब्धताका बारेमा फोन गरेर सोध्न पनि अनुरोध गरेको छ।

'क्लोज कनट्याक्ट' वा सङ्क्रमित भएको अवस्थामा भने औषधि पसलहरूमा नगई सिधै राज्यका जाँच केन्द्रमा जान पनि अनुरोध गरिएको छ।

Share

Published

Updated

Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सहुलियत कार्ड भएकाहरूले ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क पाउन के गर्ने? | SBS Nepali