SKIP TO MAIN CONTENT

इन्स्टाग्राममा लाइक देखिन छोड्यो

अस्ट्रेलियाका इन्स्टाग्राम प्रयोगकर्ताहरूले पोस्ट गरेका सामाग्रीहरू कति जनाले हेरे वा मन पराए भन्ने सङ्ख्या नदेखिने भएको छ।

Instagram has begun hiding likes to try removing pressure and shift the focus to sharing the things its users enjoy
Instagram has begun hiding likes to try removing pressure and shift the focus to sharing the things its users enjoy Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सामाजिक दबाब कम गर्न भन्दै चालिएको उक्त कदमले इन्स्टाग्राम प्रयोगकर्ताहरूमा सकारात्मक प्रभाव पार्ने साइबरको लत बारे अध्ययन गर्ने विज्ञहरूले बताएका छन् । 

युवा, वयस्क तथा किशोर किशोरी लगायत सम्पूर्ण इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्ना पोस्ट गरिएका सामाग्रीहरू जति सक्दो धेरै हेरियोस् र मन पराइयोस् भन्ने मुख्य उद्देश्य राख्दछन्।

Self-regulation of social media
Advertisers say the self-regulation of social media "influencers" is working well despite criticism. (AAP) Source: AAP

योशुवा रोजेन्थल कुनै पनि कुरामा लत लागेको उपचार गराउने केन्द्रका क्लिनिकल म्यानेजर हुन् र उनी पछिल्लो समयमा सामाजिक सञ्जाललाई लिएर देखिएको लत सबैभन्दा चुनौतीपूर्ण रहेको बताउँछन्।

मस्तिष्कमा रहेको डोपमिनले नसाहरूमा उत्साह र प्रोत्साहन प्रवाह गराउन मदत गर्दछ र योशुवा भन्छन् कुनै पनि लतमा हेरिने भनेकै डोपमिनमा परिवर्तन भएको हेरिन्छ।

"मेरो बिचारमा फेसबुक र इन्स्टाग्राममा आउने नोटिफिकेशनले मानिसहरूले खोजेको जस्तो प्रमाणीकरण दिन्छ।"

तर इन्स्टाग्रामले यसलाई परिवर्तन गर्न चाहेको छ।

जस अनुरूप अस्ट्रेलियामा अब कुनै पनि पोस्टमा कसले लाइक गर्‍यो भन्ने देखिए पनि जम्मा कति जनाले लाइक गरे भन्ने चाहिँ देखिँदैन र भिडियोहरूको सन्दर्भमा कति जनाले हेरे भन्ने पनि थाहा हुँदैन।

instagram likes
Source: sbs nepali

इन्स्टाग्रामको एएनज़े नीति निर्देशक मिया गार्लिकले एक वक्तव्य जारी गर्दै यसले मानिसहरूमा लाइक माथि ध्यान दिन कम गराउँदै आफ्नो स्टोरी बाँड्न तर्फ बढी ध्यान केन्द्रित गराउने बताएकी छन्।

रकइट परियोजना युवाहरूमा देखिने धम्कीपूर्ण व्यवहार विरुद्ध काम गर्ने मेलबर्नमा रहेको एक संस्था हो।

रकइट अन्तर्गत विद्यालयहरूको शिक्षा कार्यक्रमको विकास गर्ने ड्यानी वेबर भन्छिन्, "धम्की पूर्ण व्यवहार, दबाब र सामाजिक दबाबलाई कम गर्न यो तरिका धेरै राम्रो हो।"

अस्ट्रेलियामा हजारौँको सङ्ख्यामा यस्ता मानिसहरू रहेका जसले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा कुनै उत्पादनबारे विज्ञापन गरेर त्यसबाट फाइदा लिई रहेका हुन्छन्।

यस्ता पोस्टहरूमा भएका लाइक तथा भ्युजहरूबाट उपहार पाउने देखि आम्दानी पनि गर्ने गरेका छन् र उनीहरूले भने यस्तो परिवर्तनले आफ्नो नाफालाई प्रभाव पार्ने चिन्ता पनि व्यक्त गरेका छन्।

म्यक्क्रिन्डल इन्साइटका सामाजिक अनुसन्धानकर्ता जिओफ़ ब्रेली भन्छन् यसले गर्दा यस्ता सामाजिक प्रभाव पार्ने व्यक्तिहरूको बजारलाई धेरै धेरै असर पर्छ।

फेसबुकद्वारा नै सञ्चालित इन्स्टाग्रामको प्रयोग गरेर आफ्नो व्यवसाय चलाउने र विषयवस्तु सर्जकहरूलाई भने यसले केही फरक पार्दैन।

अस्ट्रेलियामा गरिएको यो प्रयोग भन्दा अगाडी न्युजिल्याण्ड र क्यानडा लगायत अन्य ६ राष्ट्रहरूमा यो परिवर्तन लागू भइसकेको छ।

अस्ट्रेलियालाई यो परिवर्तनका लागी छानिनु पछाडि भने यहाँ इन्स्टाग्राम प्रयोग कर्ताहरू धेरै भएको र यो माध्यम यहाँ धेरै प्रयोग हुने प्रमुख कारण रहेको बताइएको छ।

अर्को सूचना नआउन्जेल सम्म यो नीति लागू हुने इस्टाग्रामले बताउँदा अनुसन्धानकर्ता ब्रेलीले यो नीतिले कत्तिको सोचेको जस्तो परिणाम पायो भन्ने भविष्यले देखाउने बताउँछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now