SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको घर भाडामा व्यापक शोषण: सर्वेक्षण

अस्ट्रेलियाको घर भाडा बजारको फितलो अनुगमनका कारण आधा भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना घरबेटीबाट शोषित हुनुपरेको एक नयाँ अध्ययनले पत्ता लगाएको छ।

 A makeshift bedroom on an enclosed balcony at a unit in Surry Hills, Sydney
Source: SBS

2 min read

Published

Updated

By Rosemary Bolger, Amy Hall



Skip to article content

एक सर्वेक्षणले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको घर भाडामा व्यापक शोषण फैलिएको पाएपछि उनीहरूलाई ठग्ने घरबेटीहरू माथि कडाइ गरिनुपर्ने आह्वान गरिएको छ।

अस्ट्रेलियाको घर भाडा बजारको फितलो अनुगमनका कारण आधा भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना घरबेटीबाट शोषित हुनुपरेको एक नयाँ अध्ययनले पत्ता लगाएको छ।

अस्ट्रेलियामा बसोबास गरिरहेका २,४०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको आवासको अनुभवको बारेमा गरिएको उक्त सर्वेक्षणमा न्यु साउथ वेल्स विश्वविद्यालय र सिड्नी विश्वविद्यालयका अन्वेषकहरूले शोषण फैलिएको पाएका हुन्।

studying in student dormitory, one at desk
Source: Getty Images

मिलेर बस्न मिल्ने “शेयर्ड हाउसिङ्ग” भनिने साझा आवासहरूमा बस्ने विद्यार्थीहरू, परीक्षाको समय नजिक आउँदै गर्दा घर भाडा दोब्बर बढ्ने जस्तो शोषण प्रथाको सिकार हुनसक्ने सम्भावना पनि ती खोजकर्ताहरुले उल्लेख गरेका छन्।

अन्य केही विद्यार्थीहरूले भने आफूहरूलाई हुँदै नभएको आवासका लागि भाडा मागेर झुक्क्याइएको, डर एवं उत्पीडनको सामना गर्नुपरेको र अन्यायपूर्ण रुपले भाडाको घरबाट निष्कासित हुनुपरेको बताएका थिए।

उक्त रिपोर्टकी सह लेखिका बस्सिना फार्बेंब्लमका अनुसार यसरी दुःख पाउने विद्यार्थीहरू मध्ये अधिकांशले, मानिसहरू बिच प्रत्यक्ष सम्पर्क गराइदिने गम्ट्री र फ्लाटमेट्स जस्ता वेबसाइट वा सामाजिक सञ्जालबाट आफूलाई पायक पर्ने र मिलेर बस्ने भाडाका घर खोजेका थिए।

“राम्रो अनुगमन नहुँदा, शोषण फैलिँदै गएको छ र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलिया आइसकेपछि आफ्नो निम्ति आवासको व्यवस्था गर्दैमा यो अवस्थाबाट मुक्त हुनेछन् भन्ने स्थिति हाल विद्यमान छैन,” उनले भनिन।

उनले खराब घरधनीहरूलाई निरुत्साहित पार्न र शेयर हाउसिङ्ग बारे विज्ञापन गर्न मिल्ने वेबसाइटहरूको राम्रो अनुगमन गर्न सरकालाई आग्रह गरिन्।

“दण्डहीनताको चक्रलाई तोड्न र बारम्बार भ्रामक सूचना सम्प्रेषण गरेर शोषणमा लिप्त भएका घरबेटीहरूलाई जबाफदेही बनाउन अझ बढी सरकारी अनुसन्धान र कार्यान्वयनको आवश्यकता छ,” फार्बेंब्लम अगाडी भनिन्।

यसका साथै, विश्वविद्यालयहरू र सरकारले आवास सम्बन्धी सेवाहरू अस्ट्रेलिया आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रदान गर्नुपर्नेमा पनि उनले जोड दिइन।

उक्त रिपोर्टले यस्ता शोषणका घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भावनात्मक, शारीरिक र आर्थिक रूपमा नराम्रो असर पार्न सक्छ जसले गर्दा उनीहरूको अध्ययन गम्भीर रूपले प्रभावित हुन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now