Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थप अङ्ग्रेजी भाषा ज्ञान चाहिन्छ?

485畢業簽證一生人一次

中國政府禁止公民在外國大學在線學習。 Source: Imaginechina

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजको प्रस्ताव पश्चात् अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययनका लागी प्रवेश पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा अझै उच्च स्तरको अङ्ग्रेजी भाषा ज्ञानको आवश्यकता पर्न सक्ने देखिएको छ। एन्ड्रुजले सङ्घीय सरकार समक्ष विद्यार्थी भिसा पाउन प्रयासरत मानिसहरूका लागी प्रवेश पाउन चाहिने सम्पूर्ण आवश्यकताहरू बढाइनु पर्ने माग गरेका छन्। सीमित अङ्ग्रेजी भाषाका कारण दीक्षित हुन नसक्ने सम्भावनाका बारेमा चिन्ताहरू व्यक्त भएपछि आवश्यक योग्यता बढाइने सम्भावना देखिएको हो।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजको प्रस्ताव पश्चात् अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययनका लागी प्रवेश पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा अझै उच्च स्तरको अङ्ग्रेजी भाषा ज्ञानको आवश्यकता पर्न सक्ने देखिएको छ। एन्ड्रुजले सङ्घीय सरकार समक्ष विद्यार्थी भिसा पाउन प्रयासरत मानिसहरूका लागी प्रवेश पाउन चाहिने सम्पूर्ण आवश्यकताहरू बढाइनु पर्ने माग गरेका छन्। सीमित अङ्ग्रेजी भाषाका कारण दीक्षित हुन नसक्ने सम्भावनाका बारेमा चिन्ताहरू व्यक्त भएपछि आवश्यक योग्यता बढाइने सम्भावना देखिएको हो।


अन्तर्राष्ट्रिय विद्यार्थीहरू पछाडि परिरहेको चिन्ताहरूका बिच अस्ट्रेलियाली विश्वविद्यालयहरूमा प्रवेश पाउन चाहिने अङ्ग्रेजी भाषाको आवश्यकतालाई पुनरावलोकन गर्न सङ्घीय सरकारलाई आह्वान गरिएको छ।

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले भिक्टोरियामा अवस्थित राष्ट्रिय शिक्षा युनियन को शाखालाई पत्राचार गरेर मोरिशन सरकारलाई परिवर्तनका लागी माग गरिने भनेका छन्।

हाल रहेको योग्यतामा विद्यार्थी भिसामा जान चाहनेहरूले अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षा प्रणालीको ९ पूर्णाङ्कमा कम्तीमा ५.५ प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ।

"उनीहरूले प्राय एउटा गल्ती गर्छन् आफ्नै देशका विद्यार्थीहरू सँग एकै ठाउँमा बस्छन् र जसले गर्दा उनीहरू अङ्ग्रेजी भन्दा आफ्नै भाषा बोल्ने गर्दछन्।"

प्राय विश्वविद्यालयहरूले ६ देखि ७ अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई स्विकार्ने गरेका छन्, तर सरकारले विद्यार्थी भिसा ४.५ अङ्क प्राप्त गर्नेहरूलाई पनि भिसा दिने गरेको छ।

सामान्य वा सीमित अङ्ग्रेजी भाषा ज्ञानको रूपमा वर्गीकृत यस व्यवस्थामा विश्वविद्यालय जानु पूर्व विद्यार्थीले २० हप्ताको अङ्ग्रेजी भाषा कक्षा लिनु पर्ने हुन्छ।

यस व्यवस्थामा विद्यार्थीले उक्त अङ्ग्रेजी भाषा पाठ्यक्रममा उत्तीर्ण हुनु परे पनि फेरी भाषा परीक्षामा भने बस्नु पर्दैन।

भिक्टोरियाको उच्च शिक्षा का कार्यकारी मन्त्री जेम्स मेर्लिनो ले एक विज्ञप्ति जारी गर्दै यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियामा आएर सिक्ने क्षमतामा सम्झौता गरेको जनाएका छन्।

तर सङ्घीय सरकारका शिक्षा मन्त्री ड्यान टेहानले आफ्नो छुट्टै लिखित वक्तव्य जारी गरेका छन्।

जहाँ उनले भनेका छन् आफ्नो विद्यार्थीहरूसँग पर्याप्त भाषा सिप छ भन्ने बारेमा सुनिश्चित गर्नु विश्वविद्यालयहरूको जिम्मेवारी हो।

राष्ट्रिय शिक्षा युनियनका अध्यक्ष डा. एलिशन बार्नेसका अनुसार विश्वविद्यालयमा प्रदान गर्दै आइएको सङ्घीय कोषमा कटौती भएपछि धेरै कम कर्मचारीले विद्यार्थीहरूलाई सहयोग गर्न पाएकाले यो अवस्थामा सुधार नआएको हो।

तर उनले यो दायित्व विश्वविद्यालय कै भएकोमा भने सहमति जनाएकी छन्।

English language multiple choice test
English language multiple choice test. Source: Getty Images

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा सङ्घका प्रमुख कार्यकारी फिल हनिवूड भन्छन् विश्वविद्यालयहरूले पहिले नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागी उच्च स्तर को अङ्ग्रेजी भाषालाई आवश्यक बनाइसकेका छन्।

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको परिषद्ले विद्यार्थी भिसाका लागी प्रवेश स्तरको अङ्ग्रेजी भाषाबारे समीक्षा गर्ने कुराको स्वागत गरेको छ।

तर परिषद्का प्रवक्ता म्यानफ्रेड म्लेटसिन भन्छन् विश्वविद्यालयहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्छ।

म्लेटसिनले एस्टोनियाबाट आएपछि अहिले डार्विनमा अध्ययन गरिरहेका छन्।

उनी प्राथमिक र उच्च विद्यालयमा अङ्ग्रेजी भाषा सिक्दै हुर्किएका हुन्, त्यसैले उनी भन्छन् भाषा ज्ञानका कारण उनले विश्वविद्यालय शिक्षामा कुनै सम्झौता गर्नु परेन।

तर अङ्ग्रेजीमा निपुण नभएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागी यसले समस्या उत्पन्न गर्न सक्ने उनको भनाइ रहेको छ।

अस्ट्रेलियाली अन्तर्राष्ट्रिय शिक्षा सङ्घका फिल हनिवूड भन्छन् विद्यार्थीहरू आफैले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने हुन्छ।

"उनीहरूले प्राय एउटा गल्ती गर्छन् आफ्नै देशका विद्यार्थीहरू सँग एकै ठाउँमा बस्छन् र जसले गर्दा उनीहरू अङ्ग्रेजी भन्दा आफ्नै भाषा बोल्ने गर्दछन्।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now