Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अध्यागमन नीतिको चेपुवामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू

David Coleman spoke to SBS Nepali during Nepal Festival 2018 in Sydney

David Coleman Source: SBS Nepali

अस्ट्रेलियाली सरकारले स्थायी बसोबास भिसाको सङ्ख्या घटाउने कुरा गर्दा अध्यागमन मन्त्री डेभिड कोल्म्यानले आफ्नो सरकारको नीति पक्षपाती नभएको जोड दिएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको राष्ट्रिय परिषदले चाहिं सरकारले विद्यार्थीहरूलाई तर्साउन भन्दा प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने बताएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाली सरकारले स्थायी बसोबास भिसाको सङ्ख्या घटाउने कुरा गर्दा अध्यागमन मन्त्री डेभिड कोल्म्यानले आफ्नो सरकारको नीति पक्षपाती नभएको जोड दिएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको राष्ट्रिय परिषदले चाहिं सरकारले विद्यार्थीहरूलाई तर्साउन भन्दा प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने बताएको छ।


गत शनिवार सिड्नीमा आयोजना भएको नेपाल महोत्सवमा मुख्य अतिथिको रूपमा अस्ट्रेलियाली अध्यागमन मन्त्री डेभिड कोल्म्यान सिड्नीको डर्लिङ्ग हार्बर पुगेका थिए।

उद्घाटन समारोह पछि उक्त महोत्सव हेर्न भेला भएकाहरूलाई सम्बोधन गर्दै मन्त्री कोल्म्यानले अस्ट्रेलियामा नेपालीहरूको बढ्दो सङ्ख्या बहुसांस्कृतिक अस्ट्रेलियाको सफलताको प्रमाण रहेको टिप्पणी गरे।

तर पछिल्लो केही समय यता स्थायी भिसा वा पर्मानेन्ट रेसिडेन्सी दिने सङ्ख्यामा मोरिसन सरकारले कटौती गर्न सक्ने सङ्केत आइरहँदा अध्यागमन मन्त्रीले महोत्सवमा उपस्थित तथा उक्त भिसा बारे धेरै चिन्तित रहेका नेपालीहरूलाई अस्ट्रेलियाको अध्यागमन नीति सधैँ उसको आफ्नो भलाइ हेरेर हुने बताएका छन्।

 

गएको एक वर्षमा १६२,००० मानिसहरूले विभिन्न भिसाहरू प्राप्त गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले एसबीएस नेपालीसँग भने, "अस्ट्रेलियाको भिसा प्रक्रियाले कसैलाई पनि उनीहरूको पृष्ठभूमि हेरेर भेदभाव गर्दैन।"

अस्ट्रेलियाको तेस्रो ठुलो निर्यातको रूपमा रहेको शिक्षा क्षेत्रलाई नेपालीहरूले ठुलै टेवा दिएको भन्दै उनले थपे, "यो वर्ष मात्र हामीले २६,००० नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलियामा अध्यन गर्न आउन प्रवेशाज्ञा जारी गरी सकेका छौँ।"

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विचार

उता स्थायी बसोबास भिसाको सङ्ख्या घटाउने सङ्घीय सरकारको सोच प्रति अन्तर्राष्ट्रिय विद्यार्थीहरू निक्कै चिन्तित तथा अन्योलमा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको राष्ट्रिय परिषदले बताएको छ।

काउन्सिल अफ इन्टरनेसनल स्टुडेण्ट्स भनिने उक्त परिषद्का अध्यक्ष्य विजय सापकोटाले एसबीएस नेपालीसँग भने, "नेताहरूको बोली फरक-फरक ठाउँमा आफ्नो अनुकुलता हेरी बेग्लाबेग्लै हुने गरेको छ।"

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्षेत्रीय सहरहरू तथा स-साना नगरहरूमा रहेका विश्वविधालयहरु जाने भए मात्र प्रवेशाज्ञा दिने जस्ता कुरा भन्दा पनि उनीहरूलाई अस्ट्रेलियाका प्रमुख सहरहरू भन्दा बाहिर गई अध्ययन गर्न अभिप्रेरित हुने खालका कार्यक्रमहरू ल्याउन सापकोटाले सरकारलाई आह्वान गरेका छन्।

"हामीले सरकारका प्रतिनिधिहरूसँग वार्ता गर्दा क्षेत्रीय विश्वविधालयहरु पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्थायी बसोबासका निम्ति सहज मार्ग बनाउन सल्लाह दिंदैआएका छौँ," उनले भने।

Council of International Students Australia president Bijay Sapkota (SBS)
Council of International Students Australia president Bijay Sapkota (SBS) Source: SBS

मन्त्री कोल्म्यानको शिक्षा क्षेत्र अस्ट्रेलियाको लागि ठुलो आर्जनको स्रोत रहेको भनाई प्रति इङ्गित गर्दै सापकोटाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असाध्यै मर्कामा पर्ने गरी सङ्घीय सरकारले कुनै अप्रिय कदम नचाल्ने कुरामा आफू विश्वस्त रहेको पनि प्रस्ट पारे।

मन्त्री कोल्म्यान तथा सापकोटासँग हाम्रो पूर्ण कुराकानी माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now