एसबीएसको नयाँ रेडियो प्रसारण तालिकाले श्रोताहरूलाई कार्यक्रम सुन्न थप विकल्प दिने

सात वटा रेडियो च्यानल मार्फत एसबीएसले आफ्ना अस्ट्रेलियन श्रोताहरूलाई ६० वटा भन्दा बढी भाषामा उत्पादित सामाग्रीहरु प्रत्यक्ष वा आफ्नो समय अनुसार सुन्न केही परिवर्तनहरू ल्याएको छ।

Introducing our new and improved radio schedule

Lowanna Grant, NITV Radio EP; David Hua SBS Director of Audio and Language Content; Nital Desai, SBS Gujarati EP.

बहु सांस्कृतिक एवम् आदिवासी समुदाय प्रति लक्षित कार्यक्रम प्रसारण गर्ने राष्ट्रिय प्रसारक एसबीएसले सन् २०२२ मा 'पोडकास्टर अफ द यर'को उपाधि पाएको थियो।

एसबीएसले अस्ट्रेलियन श्रोताको बदलिँदो प्राथमिकतालाई मध्यनजर गर्दै, 'लिनियर' र 'डिजिटल' प्लेटफर्ममा आफ्नो सेवाहरूमा हेरफेर गर्दै छ।

बिहीवार, ५ अक्टोबरदेखि लागु हुने गरी ६० भन्दा बढी भाषामा प्रसारित सामाग्री सुन्नका लागि श्रोताले थप विकल्प प्राप्त गर्ने भएका छन्।

श्रोताहरूले दिउँसोको समयमा कार्यक्रमको प्रत्यक्ष प्रसारण सुन्न सक्नेछन् भने साँझको समयमा भने आफू अनुकूल समाचार, मनोरञ्जन, सङ्गीत र पोडकास्टहरू सुन्न सक्नेछन्।

logos.png

“सन् १९७५ दुई वटा जातीय रेडियो प्रसारणको बेलादेखि अहिले विविध पृष्ठभूमि र उमेरका श्रोतालाई सुन्नका लागि नयाँ विकल्पहरू प्रस्तुत गर्दासम्म एसबीएसको मध्यनजरमा रेडियो रहेको छ,” एसबीएस अर्न्तगतको ल्याङ्गवेज एन्ड अडियो कन्टेन्टका डिरेक्टर डेभिड हुवाले बताए।

“एसबीएसको पचासौँ वार्षिकोत्सव नजिकिंदै गर्दा, श्रोताहरूले दिउँसो लाइभ रेडियो सुन्दै, हाम्रा अन डिमान्ड अडियोलाई भने सवारी चलाउँदै सुन्न सक्छन्। हाम्रा रेडियो, लाइभ स्ट्रिमिङ, डिजिटल पब्लिसिङ र पोड्कास्टिङमा डिजिटललाई प्राथमिकतामा राख्ने नीति अन्तर्गत यो नयाँ परिवर्तन आएको हो।”

एसबीएसले एसबीएस रेडियो वान, एसबीएस रेडियो टु, एसबीएस रेडियो थ्री, एसबीएस पपदेशी, एसबीएस अरेबिक ट्वेन्टीफो, एसबीएस पपएसिया र एसबीएस चिल् मार्फत बहु सांस्कृतिक, आदिवासी समुदाय लगायत सम्पूर्ण अस्ट्रेलियनहरूका लागि कार्यक्रम प्रसारण गर्दछ।

अस्ट्रेलियाका केही प्रमुख भाषा समुदायका लागि दैनिक रूपमा उत्पादन हुने कार्यक्रम र प्रसारण तालिकालाई भने यथावतै राख्ने बताइएको छ।

श्रोताहरूको संलग्नता र पहुँच बढाउनका लागि एसबीएस रेडियो थ्री र एसबीएस पपदेशीमा परिवर्तनका साथ बीबीसी वर्ल्ड सर्भिसको 'इङ्ग्लिस लाइन-अप' पनि उपलब्ध हुने छ।

एसबीएस पपदेशीलाई भने दक्षिण एसियाली समुदाय लक्षित बनाइने भएको छ।

नियमित श्रोताहरूलाई कार्यक्रम सुन्न समस्या नहुनका लागि भने साँझ र सप्ताहान्तमा हालकै समयमा कार्यक्रमहरू पुनः प्रसारण हुने छन्।

मेरो भाषाको कार्यक्रम कति बेला आउँछ भनेर कसरी थाहा पाउने?

आफ्नो भाषाको कार्यक्रम र प्रसारण तालिकाका बारेमा थप जान्नका लागि एसबीएस गाइडमा जानुहोस्।

sbs-pop-desi-new-schedule.png

अक्टोबर पाँच देखि आउन लागेका परिवर्तन

अक्टोबर पाँचदेखि केही भाषा कार्यक्रमहरू एसबीएस रेडियो तीन र पपदेशी मार्फत प्रसारण हुने छन्।

दिउँसोको समयमा कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण हुने भएको छ भने हालकै रेडियो प्रसारण तालिका अन्तर्गत कार्यक्रमको पुनः प्रसारण सुन्न सकिने छ।

एसबीएस पपदेशीमा प्रसारण हुने कार्यक्रमहरू

बङ्गला, गुजराती, हिन्दी, नेपाली, मलयालम, पन्जाबी, सिन्हला, तामिल र उर्दु।

एसबीएस रेडियो १ र एसबीएस रेडियो २ मार्फत हाल प्रसारण भइरहेकै समयमा पनि यी कार्यक्रमको पुनः प्रसारण भने सुन्न सकिनेछ।

एसबीएस पपदेशीले सोमबारदेखि शुक्रवार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म र शनिवार र आइतवार भने साँझ पाँच बजेदेखि ६ बजेसम्म भाषा कार्यक्रम प्रसारण गर्नेछ।

यो समयभन्दा अघि वा पछि भने एसबीएस पपदेशीले नियमित साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नेछ।

कार्यक्रम सुन्नका लागि के गर्ने?

भाषा कार्यक्रम सुन्नका लागि एफएम, एफएम, डिजिटल रेडियो, डिजिटल टिभी, एसबीएस अडियो एप र वेबसाइट SBS.com.au/Audio मार्फत सुन्न सक्नुहुन्छ।

आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्ले मार्फत एसबीएस अडियो एप डाउनलोड गर्नुहोस्।

यसबाहेक एपल पोडकास्ट्स, स्पटिफाइ, लिस्नर, ट्युनइन जस्ता नियमित पोडकास्ट सुन्ने प्लेटफर्म मार्फत पनि एसबीएसका सामाग्री सुन्न सक्नुहुन्छ।

यी परिवर्तनहरूका बारेमा प्रतिक्रियाका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

सबै भाषाका रेडियो कार्यक्रम बारे जानकारीका लागि यहाँ जानुहोस्।

हाम्रो प्रेस विज्ञप्तिका लागि यहाँ जानुहोस्।


Share

3 min read

Published

By SBS

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now