Screenshot 2023-01-27 at 14.56.00.png
Screenshot 2023-01-27 at 14.56.00.png
This article is more than 2 years old

मेलबर्नका हिन्दु मन्दिरहरूमा सामुदायिक सद्भाव भड्काउने नाराहरू, प्रहरीद्वारा छानबिन सुरू

भिक्टोरिया प्रहरीले मेलबर्नका तीन मन्दिरका पर्खालमा गरिएका फोहोर बारे अनुसन्धान सुरु गरेको छ।

Published

Updated

Source: SBS
Image: ISKCON temple in Melbourne was defaced. (Photo: Avi Rain)
हिन्दु आस्थाका मिल पार्क, एल्बर्ट पार्क र क्यारम डाउन्स स्थित मठ-मन्दिरहरूका बाहिरी पर्खालमा कालो रङ्गले विभिन्न नाराहरू लेखेर फोहोर गरिएको बारे राज्य प्रहरीले अनुसन्धान सुरु गरेको हो।

भिक्टोरिया प्रहरीका अनुसार प्रत्येक घटनामा अपराधीहरूले स्प्रे पेन्टका क्यानहरू प्रयोग गरेर पूर्वाग्रहबाट प्रेरित भएको देखिने किसिमका नाराहरू लेखेका छन्।

यी तीनै घटनाहरू एक-आपससँग सम्बन्धित भएको हुनसक्ने पनि बताइएको छ।

भिक्टोरिया प्रहरीका सुपरिटेन्डेन्ट टिमोथी डेका अनुसार मिल पार्क स्थित स्वामीनारायण (बाप्स) मन्दिरमा बिहीवार १२ ज्यानुअरीको सबेरै नाराहरू लेखेर पर्खालको स्वरूप बिगारिएको थियो भने एल्बर्ट पार्क स्थित हरे कृष्ण (इस्कन) मन्दिरमा २२ र २३ ज्यानुअरीको रातमा त्यस प्रकारको घटना भएको थियो।

Iskon.png
The Prabhupada House at ISKCON Temple premises in Albert Park. (Photo: Abhas Parajuli)

मेलबर्नको दक्षिणी भेगमा रहेको श्री शिव-विष्णु मन्दिरमा भने १५ र १६ ज्यानुअरीका रात नाराहरू कोरिएको बताइएको छ।

डे भन्छन् कि यस्ता पूर्वाग्रहबाट प्रेरित भएर हुने सबै आपराधिक क्रियाकलापहरू र अनधिकृत रूपमा हुने भित्ते लेखनका घटनालाई भिक्टोरिया प्रहरी गम्भीरतापूर्वक लिन्छ।

साथै, यी घटनाहरू बारे छानबिन हुँदै गर्दा यसबारे कुनै पनि जानकारी हुने मानिसहरूले प्रहरीलाई सम्पर्क गर्न पनि उनले प्रोत्साहन गरेका छन्।

सुपरिटेन्डेन्ट भन्छन् कि पूर्वाग्रहबाट प्रेरित भएर हुने आपराधिक क्रियाकलापहरूले सामुदायिक सद्भावमा खलल पुर्‍याउँछन् र शान्ति सुरक्षा बारे आम मानिसको धारणा नकारात्मक बनाउँछन्।

Temple.png
The Shiva Vishnu temple in Carrum Downs, Melbourne. (Photo: Abhas Parajuli)

भिक्टोरियाकी कार्यवाहक प्रिमियर जसिन्टा आलनले पनि यी घटनहरूको भर्त्सना गर्दै यसरी मन्दिरहरूलाई बिगार्ने काम ठिक नरहेको बताएकी छिन्।

"यो व्यवहार बहुसङ्ख्यक भिक्टोरियालीको प्रतिबिम्ब होइन। भिक्टोरियाको विविधता हाम्रो सबैभन्दा बलियो सम्पत्ति हो, र हामी यी आक्रमणहरूको निन्दा गर्छौँ, उनले भनिन्।

JACINTA ALLAN PRESSER
Victorian Acting Premier Jacinta Allan speaks to the media during a press conference in Melbourne Monday, January 23, 2023. (AAP Image/Diego Fedele) Source: AAP / DIEGO FEDELE/AAPIMAGE

त्यसै गरेर भिक्टोरियाली विपक्षी नेता जन पेसुटोले पनि एक विज्ञप्ति जारी गर्दै हिन्दु मन्दिरहरूमा गरिएका यी आक्रमणबाट आफू दुखी बनेको बताएका छन्।

मेलबर्नमा बस्दै आएका मनोज कुमारले यी घटनापछि आफू स्तब्ध भएको एसबीएस हिन्दीलाई बताएका छन्।

उनी भन्छन् कि दोषीहरूलाई अधिकारीहरूले छिट्टै पहिचान गरेर न्याय दिन सकुन्।

यी घटनाको प्रत्यक्षदर्शी वा यसबारे केही पनि थाहा भए, मानिसहरूले क्राइमस्टपर्सको वेबसाइट गएर वा १८०० ३३३ ००० मा फोन गरेर जानकारी दिन सक्नेछन्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand