सिड्नीमा नेपाली हजुरबुवालाई कारले ठक्कर दिएर ज्यान लिएको आरोपमा पक्राउ भएका मानिस जमानतमा रिहा

पश्चिमी सिड्नीको मेलन्बामा कथित रूपमा आफूले चलाएको गाडीको ठक्करबाट दामोदर श्रेष्ठको ज्यान लिएको आरोपमा पक्राउमा परेका गुरप्रीत सिंह जमानतमा छुटेका छन्।

Damodar Shrestha was allegedly hit by a car on Sunday, 30 June.

Damodar Shrestha was allegedly hit by a car on Sunday, 30 June. Credit: Supplied/Sagun Shrestha, Supplied/NSW Police

पुलिसका अनुसार ३२ वर्षीय सिंह बुधवार, १० जुलाई बिहान ११:३० बजे तिर सिड्नी एयरपोर्टमा पक्राउमा परेका थिए।

न्यु साउथ वेल्स पुलिसले सिंहलाई अस्ट्रेलियन फेडेरल पुलिस र बोर्डर फोर्ससँगको सहकार्यमा पक्राउ गरेको जनाएको छ।

उनी भारतबाट फर्किएको पुलिसको भनाइ छ।

त्यस पछि म्यास्कट पुलिस चौकीमा उनीमाथि चार वटा अभियोगहरू लगाइएका थिए:

  • सवारीसाधनको ठक्करका कारण मृत्यु भए पछि रोक्न र सहयोग गर्न असफल,
  • जोखिमपूर्ण रूपमा सवारीसाधन चलाएको जस कारण मृत्यु भएको,
  • लापरवाहीपूर्वक सवारीसाधन चलाएको र
  • प्रहरीलाई विवरण नदिएको।

बिहीवार, ११ जुलाईमा सिड्नी डाउनिङ सेन्टरमा उपस्थित भएका सिंहलाई सशर्त जमानतमा रिहा गरिएको छ।

अदालतका अनुसार सिंहले हरेक दिन तोकिएको समय भित्र रिभरस्टोन पुलिसचौकीमा हाजिरी जनाउनु पर्ने छ।

साथै उनी कुनै अन्तर्राष्ट्रिय विमानस्थल वा अस्ट्रेलियाको सीमाबाट बाहिर निस्कने मुकाममा प्रवेश गर्न पाउने छैनन्।

डेप्युटी चिफ म्याजिस्सट्रेट स्यारन फ्रुन्डले गुरप्रीत सिहंलाई जमानतमा रिहा गर्ने क्रममा राज्य भित्र पहिले नै तय भएको स्थानमा बस्नु पर्ने र सवारी साधन [मोटर भेहिकल]को चालक सिटमा बस्न नपाउने शर्तहरू पनि उल्लेख गरेकी छिन्।

The Downing Centre Local and District Court building in Sydney.
The Downing Centre Local and District Court building in Sydney. Source: AFP / DAVID GRAY/AFP via Getty Images

अदालतको आदेश पछि सिंहले आफ्नो पासपोर्ट सम्बन्धित पुलिसलाई बुझाएका छन् भने अब उनले नयाँ पासपोर्ट बनाउन पाउने छैनन्।

मुद्दाको अर्को सुनुवाई सेप्टेम्बरमा हुने बताइएको छ।

यसअघि, आइतवार, ३० जुन राति ११:२० बजे मेलन्बास्थित अबेल रोडमा दामोदर श्रेष्ठ घाइते अवस्थामा फेला परे पछि आपतकालिन सेवालाई बोलाइएको पुलिसले जनाएको थियो।

तर, ७९ वर्षीय श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको थियो।

उनी आफ्नी छोरीको परिवारलाई भेट्न केही महिना अघि नेपालबाट अस्ट्रेलिया आएका थिए।

घटना पछि श्रेष्ठकी छोरी सगुन श्रेष्ठले एसबीएस नेपालीसँग कुरा गर्दै भनेकी थिइन् कि उनकी आमाको अब एउटा मात्र इच्छा छ - आफ्नो श्रीमानलाई ठक्कर दिने मानिस भेट्ने।

“ममीले खोजेको त्यही हो - त्यो को रहेछ, मलाई एक चोटि अगाडी ल्या भन्नु हुन्छ,” उनले भनिन्।

“मेरो आमाको मन शान्तिको लागि भए पनि, आएर कमसेकम मेरो आमालाई सरी मात्र भने नि पुग्छ, हामीलाई अरू केही चाहिँदैन।”


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now