Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'गाडीको चालक सिटमा बस्नु अघि अस्ट्रेलियाका सडक नियमका बारेमा बुझ्नै पर्छ'

Road accident

Road accidents Credit: Creative Commons

यसै हप्ता मात्र मेलबर्नमा भएका दुई सवारी दुर्घटनामा परेर तीन जना नेपालीको ज्यान गएको छ।


Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


यसै हप्ता मात्र मेलबर्नमा भएका दुई सवारी दुर्घटनामा परेर तीन जना नेपालीको ज्यान गएको छ।


सहरको दक्षिण पूर्वमा पर्ने कफिल्ड साउथ र रिजनल सहर कोल्याकमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो।

कफिल्डमा भएको दुर्घटनामा एक नेपाली दम्पती हताहत भएको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका भिक्टोरियाली संयोजक हरि खड्काले पुष्टि गरेका छन्।

यसअघि, काम सकेर राति घर फर्कँदै गर्दा दुई जना सवार कारलाई अर्को एक गाडीले ठक्कर दिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको राज्य प्रहरीले बताएको थियो।

दोस्रो घटना भने मेलबर्नबाट डेढ सय किलोमिटर दक्षिण पश्चिममा पर्ने कोल्याकमा भएको हो।

जहाँ ट्रक र कार एक आपसमा ठोक्किँदा एक नेपालीको ज्यान गएको बताइको छ।

खड्काले कोल्याक दुर्घटनामा पनि नेपालीको ज्यान गएको एसबीएस नेपालीसँग पुष्टि गरेका छन्।

मृतकका आफन्तजनसँग आफूहरू निरन्तर सर्म्पकमा रहेको पनि खड्काको भनाई छ।

यस्ता दुर्घटना हुन नदिन, भर्खरै अस्ट्रेलिया आएका नेपालीहरूलाई सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउन अस्ट्रेलिया नेपाल पब्लिक लिङ्कले विभिन्न राज्यमा सडक सम्बन्धी जनचेतनामूलक कार्यशालाहरू सञ्चालन गर्दै आएको छ।

निराजन गौली उक्त सामुदायिक संस्थाका प्रमुख हुन्।

पछिल्ला केही समयमा थुप्रै नेपालीहरूले सडक दुर्घटनामा परेर अस्ट्रेलियामा ज्यान गुमाउँदा आफू दुखी भएको उनको भनाई छ।

Driver training exam.
Young girl taking lessons for driving on the road in Auckland, New Zealand. Credit: nazar_ab/Getty Images

गौलीका अनुसार भिक्टोरियामा नेपाली लाइसेन्सले ६ महिनासम्म सवारी चलाउन दिने नियम भए पनि गाडी चलाउनु अघि सडक सुरक्षा सम्बन्धी जानकारी भने सवारी चलाक स्वयमले राख्नुपर्छ।

नेपाली समुदायका सदस्यहरू अस्ट्रेलिया आएको केही समयमा नै गाडी किन्ने चलन राम्रो भए पनि सडक सम्बन्धी नियमहरूका बारेमा जानकारी राखेर मात्र चालक सिटमा बस्न पनि उनले नेपाली समुदायलाई अनुरोध गरेका छन्।

भिक्टोरियामा केही वर्ष देखि गाडी चलाउने तालिम दिँदै आएका राजन खड्का पनि भर्खरै आएका नेपालीहरूमा सडकका नियम सम्बन्धी ज्ञानको कमी रहेको बताउँछन्।

सडकमा सवारी चलाउँदा चनाखो हुन र गाडी किन्दा उक्त सवारीसाधन कत्तिको सुरक्षित छ भनेर विचार गर्न मानिसहरूलाई खड्काको सुझाव छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now