SKIP TO MAIN CONTENT

प्रकोप सुरु भएयता न्यु साउथ वेल्समा पहिलो पटक कोभिड-१९ का कुनै नयाँ मामिला भेटिएन

स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्क राख्न सुरु गरे यता सोमबार राती आठ बजेसम्मको २४ घन्टे अवधिभर न्यु साउथ वेल्समा कोभिड-१९ सम्बन्धी एक पनि नयाँ मामिला दर्ता नभएको बताइएको छ।

NSW Premier Gladys Berejiklian
NSW Premier Gladys Berejiklian Source: AAP

2 min read

Published



Skip to article content

कोरोनाभाइरस प्रकोप सुरु भए यता न्यु साउथ वेल्स राज्यमा त्यस सम्बन्धी नयाँ मामिला दर्ता नभएको यो नै पहिलो अवसर हो।

तर, जनजीवन पुनः सामान्य बनाउन सरकारद्वारा भौतिक दुरीका नियमहरू खुकुलो गर्दै जाने क्रम बढ्दै जाँदा भने फेरी सङ्क्रमण दर बढ्ने चिन्ताहरू पनि व्यक्त गरिएका छन्।

यसै क्रममा राज्यकी प्रिमियर ग्लाडीस बेरीजिक्लियनले एक कडा चेतावनी जारी गर्दै प्रतिबन्धहरू फिर्ता लिइँदै गर्दा मानिसहरूले विद्यमान अवस्था बारे आत्मसन्तोष व्यक्त गरे त्यो सबैभन्दा ठुलो शत्रुको रूपमा खडा हुने बताएकी छिन्।

“हामीलाई थाहा छ कि हाल एनएसडब्ल्यूमा भाइरस बोकेर यताउता हिँडिरहेका मानिसहरू छन् जसलाई उनीहरूमा भाइरस छ भन्ने थाहै छैन,” उनले पत्रकारहरूलाई मङ्गलवार भनिन्।

यस अघि सोमबारे दैनिक तथ्याङ्क जारी हुँदा जम्मा एक जनामा मात्र सङ्क्रमण देखिएको थियो र त्यस साथ-साथै कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू खुकुलो बनाइने क्रममा पहिलो चरणको योजना सार्वजनिक गरिएको थियो।

मङ्गलवार नै न्यु साउथ वेल्समा राज्य संसद्को विशेष बैठक बस्दै छ जसले बेरीजिक्लियन सरकारद्वारा घोषित कोरोनाभाइरस सम्बन्धी आपत्कालीन ऐन पास गर्ने बताइएको छ।

प्रिमियर ग्लाडीस बेरीजिक्लियनले मानिसहरूलाई सतर्क रहन र फ्लु जस्ता लक्षणहरू देखा परे घर भित्रै बस्न र परीक्षण गराउन आग्रह पनि गरेकी छिन्।

aa1313d4-6001-467b-b6e1-a322405c066f

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now